‘निर्वाचन सुरक्षाका दृष्टिले झापा अति संवेदनशील’

‘निर्वाचन सुरक्षाका दृष्टिले झापा अति संवेदनशील’


आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि झापामा सुरक्षाका दृष्टिले ४९ वटा मतदान स्थललाई अति संवेदनशीलका रुपमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो । यस जिल्लामा २ सय ८३ मतदान स्थल र ६ सय ९२ मतदान केन्द्र कायम भएकोमा १०४ संवेदनशील र १ सय ३० मतदान स्थललाई सामान्य रहेको प्रहरीले जनाएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा ५ लाख ८५ हजार १६६ जनाले मतदान गर्ने भएका छन् ।