विप्लवका दाइ वीरजंग बुढानिलकण्ठबाट पक्राउ

विप्लवका दाइ वीरजंग बुढानिलकण्ठबाट पक्राउ


उम्मेदवारलक्षित बम विष्फोटका घटना बढ्न थालेपछि विप्लवले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न सरकारले विशेष तदारुकता देखाएको छ । देशव्यापी रुपमा करिव पाँच सय माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको गृह श्रोत बताउँछ ।

यसैक्रममा सो पार्टीका पोलिट ब्युरो सदस्य वीरजंगका नामले चिनिने चन्द्रबहादुर चन्दलाई प्रहरीले राजधानीबाट नियन्त्रणमा लिएको छ । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका वीरजंगलाई हिजो शुक्रबार अपरान्ह काठमाडौं बुढानिलकण्ठबाट गिरफ्तार गरिएको बुझिएको छ । वीरजंग नाताले विप्लवका दाइ हुन् ।

बताइएअनुसार वीरजंगका छोरा दियस चन्द यतिबेला सिकिस्त बिरामी छन् । उनको भारत नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । छोराको अवस्था गम्भीर भई आइसीयुमा राखिएको खबर पाएर दिल्ली जानका लागि वीरजंग काठमाडौं आएका थिए । आज शनिबार दिल्लीतर्फ उड्ने उनको योजना थियो । तर, यसअघि नै उनी बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।