राजपा नेता भण्डारीको घरअगाडि बम विस्फोट

राजपा नेता भण्डारीको घरअगाडि बम विस्फोट


आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।

राससका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए । यता जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताए ।