विश्वक फुटवल र हङकङ सरकार

विश्वक फुटवल र हङकङ सरकार


फुटबल खेलप्रेमीहरुको महान् चाड एघारौं विश्वकप अस्ति ११ जुनबाट दक्षिण अफि्रकामा शुरु भएको छ । विश्वको अरवौं दर्शकहरुले एकैचोटि हेर्ने चार वर्षमा एकचोटि आउने फुटवल खेल खेलहरुमध्ये अति महत्वपूर्ण खेल हो । विश्वको कडोरौं व्यक्तिहरुले आफ्ना जागिरवाट छुटि्ट लिएर वा काम वन्द गरेर हेर्ने यो खेल विश्वको अन्य कुनैपनि खेलभन्दा लोकप्रिय खेल हो । विश्वका फुटवल महाशक्ति राष्ट्रका महानायकहरुले भाग लिने यो विश्वकपमा विश्वको पाँचैवटा महादेशका राष्ट्रहरुले भाग लिएकाछन् । के गरिव के धनी राष्ट्र उत्तिकै महत्वकासाथ हेर्ने गरेको छ यो खेललाई । नेपाल जस्तो विश्वको अति नै गरीव राष्ट्रमा समेत घरैमा बसी निःशुल्क खेल हेर्ने मौका मिलेको छ । तर आज हङकङमा भने खेलप्रेमीहरु कि त रेवले स्टेशनमा कि त कतै प्लाजामा जुनको गर्मी र धुलोमा बसेर वा उभिएर फुटवल हेर्न वाध्यछन् । आज जहाँ तँही सडकमा वा रेलवे स्टेशनमा वा अन्य र्सार्वजनिक ठाउँहरुमा जम्मा भएर असीन-पसीन हुँदै फुटवल हेरिरहेका देख्न सकिन्छ । विश्व शहरको नामले चिनिने हङकङमा खेलप्रेमीहरुको यो गति देख्दा जो कोहीलाई नराम्रो लाग्न सक्छ । यसो हुनुको मुख्य कारण सन्चार माध्यमहरु अत्याधिक व्यापारीकरण हुनु नै हो । हङकङमा केवुल टिभीबाहेक एघारौं विश्वकप फुटवल प्रसारण गर्न कसैलाई पनि अधिकार छैन । यहाँ रहेको चारवटा निःशुल्क च्यानलहरुले फुटवल प्रसारण गर्ने मौका पाएनन् । फलस्वरुप लाखौलाख फुटवलप्रेमी जनताहरुको यो दुरदशा भएको हो । एउटा वाटोमा कमिलाले टोक्दा पनि कमीलालाई खोजी खोजी नियन्त्रण मार्ने अभिनय गर्ने यहाँको सरकारले लाखौंलाख आफ्ना जनताहरुलाई विश्वकप जस्तो महत्वपूर्ण चाडमा किन अध्यारोमा राख्यो ? लेजर एण्ड कल्चर डिपार्टमेन्ट र अर्वान काउन्सिलको नाममा वर्षमा अरवौं डलर वजेट छुटिन्छ । चार वर्षमा आउने यो महान् चाडप्रति एकचोटि ध्यान दियो ? जनतालाई सुसूचित गर्ने र मनोरन्जनमा सहभागी गराउने सरकारको कर्तव्य हो कि होइन ? जसरी जनताले शिक्षा प्राप्त गर्ने र औषधोपचार गर्ने नैर्सर्गिक अधिकार हुन्छ त्यसरी नै मनोरन्जन गर्ने पनि उनको नैर्सर्गिक अधिकार हो । जनताहरुलाई स्वास्थ्य राख्न मनोरन्जनको पनि अति महत्वपूर्ण भूमिका हुन्छ । सरकारले यतातिर किन ध्यान दिएन -? सरकारले चाहेको भए निशुल्क टिभीमा जनताको मनोरंजनको लागि प्रसारण गराउन सक्थ्यो । केवल टीभीवाट किनेर भएपनि प्रसारण गराउन सक्थ्यो तर सरकारले न त किन्न नै सक्यो न त कुनै हिसावले मनोरन्जन गराउन नै सक्यो । जनताकेा अधिकारलार्इृ व्यापारीकरण गर्न पाइदैन । यहाँको जनतालाई मनोरन्जन गराउने जिम्मा सरकारले लिनुपर्दछ ।

आज विषेश गरी गरिव जनताहरु : एशियनहरु र गरिव स्थानीयहरु वाटो र रेलवे स्टेशनमा गर्मीमा पसिना चुहाउँदै फुटवल हेर्न विवश छन् । उनीहरुसंग केवल टीभीको लाइन किन्ने क्षमता भए पनि सवैले घरमा जोड्न सक्दैनन । अधिकांश नेपाली तथा साउथ एशियनहरु यहाँको पुराना घरहरुमा बस्ने गर्दछन् जहाँ केवुल टीभीको प्वाइन्टहरु नै छैन । सरकारको नागरिक प्रतिको यो गैर जिम्मेवारप्रति एकजुट भएर एकचोटि आवाज उठाउने होकि ?

यस विषयमा लेजर एण्ड कल्चरल डिपार्टमेन्टमा फोन सम्पर्क गर्दा कसैले फोनको जवाफ दिएन । साउदर्न डेमेक्रेटिक पार्टीका अध्यक्ष जेम्स लुङले यो गम्भीर विषय हो । नागरिकको मनोरन्जन गर्ने अधिकार हुन्छ भन्दै सम्वन्धित क्षेत्रमा पु-याइदिन प्रतिवद्धता जाहेर गरे । त्यस्तै दक्षिण एशियाली र विशेष गरी नेपालीहरुको मामला हेरिरहेकी युनिसनका निर्देशक फर्मी वङले सम्वन्धित क्षेत्रमा कुरा पु-याउने बताइन् । -भूपेन्द्र चेम्जोङ