२४ हप्तासम्मको भ्रुणलाई पीडाबोध नहुने

२४ हप्तासम्मको भ्रुणलाई पीडाबोध नहुने


लण्डन । विश्वमा समयसँगै परिवर्तनको लहरमा नियमहरु बनेका हुन्छन् । हामी नियमभित्र रहेर सामाजिक कृयाकलप र धार्मिक कृयाकलपहरुमा सक्रिय रहन्छौं । रितिरिवाज र नियमहरुले नै समाजलाई बाँधेर राखेको हुन्छ । धार्मिक दृष्टिकोणबाट गर्भपतनलाई पाप ठान्दछन्, तर, आधुनिक युगमा विभिन्न कारणहरुले गर्दा कतिपय गर्भपतनलाई जायजरुपले मान्यता दिएको पाइन्छ । उदहारणको लागि गर्भधारण गरेकी महिलाको स्वास्थ्य खतरामा रहेको अवस्था र महिलाले विभिन्न कारणबाट स्वैच्छाले गर्भधारण गर्न नचाहेमा चिकित्सकको परामर्शमा गर्भपतन गर्न सक्ने बेलायतलगायत संसारका विभिन्न मुलुकहरुले कानूनी रुपमा मान्यता दिएका छन् । आधुनिक जगतको वैज्ञानिक उपलब्धिहरुले गर्दा गर्भपतन गराउँदा गर्भ रहेको अवस्थालाई र समयको आधारमा सजिलै चिकित्सकहरुले नयाँ-नयाँ उपकरण तथा प्राविधिबाट सफलतापूर्वक गर्भपतन गर्दै आएका छन् । यसले स्वास्थ्यमा केही असर पारेको हुँदैन । जबदेखि गर्भपतन गर्न सक्ने नियम पारित भयो, तबदेखि नै यसको विरोधमा अभियान चलाउनेहरु सक्रिय हुन थालेका थिए ।
धार्मिक अधारमा अभियान गर्नेहरुले गर्भपतन गर्ने प्रक्रियालाई मानव हत्याको संज्ञा दिएका छन् किनभने भ्रुण गर्भमा स्थापित भइसकेपछि त्यसमा जीवन हुन्छ र परमेश्वरको रचनालाई हामीले नष्ट गर्न हुँदैन भनेर विरोध जनाउँदै आएका छन् । बेलायतमा सन् १९६७ मा बेलायती संसदहरुले गर्भपतनसम्बन्धी नियम पारित गरेका थिए र २४ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न सक्ने वैधानिकता प्रदान गरिएको थियो । तर, कानून पारित भए तापनि गर्भपतनका विरोधीहरुले २४ हप्ताको समय लामो भएको र गर्भमा रहेको बच्चाले पूर्णता पाइसकेको हुन्छ र गर्भपतनले प्राणको हत्या साथै गर्भमा रहेको भ्रुणलाई पीडाबोध हुन्छ भनेर पुष्टि गरेका छन् । तिनीहरु त्यो अवधिलाई छोट्याउने प्रयासमा छन् । विपक्षदलको रुपमा रह“दा हालको प्रधानमन्त्री, डेविड क्यामरुनले २४ हप्ताबाट घटाएर २० हप्तासम्मको लागि संशोधन गर्ने कुरा संसदमा उठाएका थिए । त्यतिबेला कन्जरभेटिव पार्टीकी संसद नादिन डरिसले ह्यूम्यान फर्टिलाइजेसन् एण्ड इम्ब्रियोलाजी बिल पेश गरेको बेलामा संशोधनको लागि कुरा उठाएकी थिईन् । तर, बहुमत नपुगेकाले त्यो कानून संशोधन हुन सकेन र २४ हप्ता नै कायम रह्यो ।
रोयल कलेज अफ अब्स्टेट्रिसियन एण्ड ग्यानोकोलोजिस्टले प्राधिकार दिएको राष्ट्रिय स्वास्थ्य विभागले हालै भ्रुणसम्बन्धी केही तथ्य प्रकाश पारेको छ । प्रोफेसर अलान टम्प्लेटन, रोयल कलेजका सभापति, जसको अध्यक्षतामा बसेको अनुसन्धन टोलीले प्रमाणित गरेको छ कि २४ हप्तासम्मको भ्रुणलाई गर्भपतन गर्दा पीडाको अनुभूति नहुने कुरा पुष्टि गरेका छन् । गर्भपतन विरोधीहरुले अनुसन्धान गरेर अमेरिकाको टाइम्स म्यागाजिनमा २४ हप्ताको गर्भलाई गर्भपतन गर्दा पीडाबोध हुन्छ भनेर प्रकाश गरेको सूचनालई खण्डन गरेका छन् । सभापति अलानले गर्भपतन विरोधीहरुले कुनै प्रमाणबिना केही बच्चाहरु समय नपुग्दै जन्मेका बच्चाहरु बाँचेका आधारमा भनेका कुरालाई उद्धृत गरेका छन् ।
हालै पता लगाएको अनुसन्धानमा २४ हप्ता भन्दा पहिले भ्रुणको दिमागमा प्रवाहित हुने नशाको तन्तु पूर्णरुपेण विकसित नहुने हुँदा भ्रुणलाई पीडाबोध हुने क्षमता हु“दैन, त्यसकारण प्रतिवेदनमा निष्कर्ष निकालेको छ कि भ्रुणको दिमागी नसा पूर्णरुपले विकसित भएपछि मात्र भ्रुणले पीडाको अनुभूति गर्न सक्छ र अनुसन्धानले प्राकृतिक हिसाब भ्रुण गर्भमा स्थापित हु“दै विकसित हुने क्रममा २४ हप्ताभन्दा पहिले अचेतन अवस्थामा हुन्छ भन्ने कुरा प्रकाश पारेको छ । त्यसकारण गर्भपतन गर्दा भ्रुणलाई एनेस्थेसिस दिन यानेकि बेहोश पार्न आवश्यकता देखिन्न । यस प्रतिवेदनले गर्भपतन विरोधीहरुले टाइम्समा प्रस्तुत गरेको प्रतिवेदनलाई विरोधाभाष हो भनी साबित गरेको छ । श्रोत – नेट, सुमल, मेस