फ्रेन्च नागरिकहरुको सुचि सार्वजानिक

फ्रेन्च नागरिकहरुको सुचि सार्वजानिक


लण्डन । दुइटा विश्वयुद्धहरुले संसारमा धेरै उथलपुथल मचाइदियो । दोस्रो विश्वयुद्धले भयानक जिजीविषा बोकेर ल्यायो र लाखौं निर्दोषहरु बेकारमा मारिए । केही नेतृत्ववर्गको महत्वाकांक्ष र घृणित सोंचले हिंसा र प्रतिशोधको आगो झोंसेर विश्वलाई राख पार्ने कोशिस भएको थियो । जब शुरुमा युरोपमा युद्धको आगो सल्क्यो यसले सारा विश्वलाई जलाउँदै हिटलर आफैं खरानी भएर जले र अन्तिममा परमाणु बमको विध्वंसक विष्फोटनबाटा जापानको दुइटा सुन्दर शहरहरु नागासाकी र हिरोसिमा खरानी बनेपछि विश्वयुद्ध अन्त भएको थियो । हालै प्रकाशमा आएको समाचारअनुसार दोस्रो विश्वयुद्धताका सन् १९४० देखि १९४४सम्म जब फ्रान्स जर्मनीको कब्जामा रहेको थियो, त्यतिबेला नाजीहरुलाई समर्थन गरेर उनीहरुको पक्षमा रहेका फ्रेन्च नागरिकहरुको सुचि अनलाइनबाट सार्वजानिक गर्ने कुरा प्रकाशमा आएको छ । त्यतिबेलाका दस्तावेजहरु फ्रान्सको राजधानी, पेरिस म्युजियामको तल्लो तहमा जब पेरिस जर्मनीको पञ्जाबाट मुक्त भएको थियो, त्यसै दिनदेखि बन्द गरेर राखिएका छन् । अब ती संकलित दस्तावेजहरुमा रहेका अभिलेखहरु स्कयान गरेर सार्वजानिक गर्ने योजना फ्रान्सेली स्रोतले दिएको छ । यहुदीहरुलाई सन् १९४२ देखि १९४४ सालको डिसेम्बर महिनासम्म क्याम्पहरुबाट ट्रान्जिट गर्ने क्रममा हजारौं मानिसहरुलाई मारेको अभिलेख छ । ती मारिनेमध्ये एक तिहाइ फ्रेन्च नागरिकहरु थिए र ८ हजार जति १३ वर्षमुनिका बच्चाहरु थिए । सन् १९४४ सालको डिसेम्बर महिनामा पेरिसलाई जर्मनीको हातबाट मुक्त गरिएको थियो ।

नाजीहरुलाई समर्थन गरेर उनीहरुको मतियार बनेका फ्रेन्च नागरिकहरुले विश्वयुद्धताका गरेका कामहरु ढाकछोप गरेर राखिएको थियो र उनिहरु उम्कन सफल भए । तर, गतसाल फ्रान्सको सर्वोच्च आदलतले छानबिन गरेर सार्वजानिक गरेअनुसार आफ्नै देशवासीलाई धोका दिएका ती फ्रेन्च नागरिकहरुलाई नाजी प्रशासनले नाजीहरुलाई समर्थन गर्नुपर्ने बाध्य बनाएको थिएन ती व्यक्तिहरुले नाजीहरुलाई स्वेच्छा, सहयोग गरेका तथ्य प्रकाशमा आएको छ । सन् १९९५मा फ्रेन्च राष्ट्रपति ज्याक चिराकले यस आपराधबारे नाजीहरुलाई उनको अत्याचारमा फ्रान्सेली नागरिक र राज्यबाट सहयोग भएको प्रष्ट पारेका थिए । जर्मनी सेनाले अचानक जर्मन ब्लिजकेग शैलीमा आक्रमण गरेलगतै फ्रान्सले नलडिकन हार मानेर एक महिनाभित्र नै पेरिस शहर सन् १९४०मा जर्मनीको हातमा गएको थियो । त्यसबेलाको कठपुतली सरकारले यहुदीहरुको हत्या गर्नमा मात्र नाजीहरुलाई सहयोग गरेनन् अपितु हजारौं फ्रान्सेली समाजवादी, समलिंगी र जिप्सीहरुलाई मार्ने कार्यमा सहयोग गरेका थिए । कतिपए फ्रान्सेली नागरिकहरु जर्मनी सेनामा समेत भर्ना भएका थिए । त्यसबखतको सरकारी अभिलेख रहेका दस्तावेजहरु विश्वयुद्ध सकिएलगत्तै सरकारले केही वर्षको लागि सार्वजानिक नगर्ने आदेश जारी गरेर म्युजियमको ब्यासमेण्टमा राखेको थियो ।
श्रोत(नेट, सुमल, मेस