जादुइ सर्पहरुको शुभविवाह

जादुइ सर्पहरुको शुभविवाह


लण्डन । राजकुमार विलियम र क्याट मिडल्टनको विवाह तैयारीलाई मात दिने खालको भव्य ठूलो विवाह भएको समाचार प्राप्त भएको छ । गाउँवासीहरुलाई शान्ति र सौभाग्य ल्याउने विश्वासमा सयौं पाहुनाहरुको आतीथ्यबीच बधु, चामरोएन नाम गरेकी अजिङ्गरको शुभविवाह बर, कोउङ्ग पिचसँग धुमधाम खुशियाली मनाएर सम्पन्न भएको छ । दक्षिण कम्बोडियाको स्वे रोलममा साढे दुई घण्टा सञ्चालन भएको २ जना बौद्ध पुरोहितद्वारा १६ फिट लामो बधुको शुभविवाह बधुभन्दा आकारमा धेरै सानो वर कोउङ्ग पिचसँग सम्पन्न गरेका थिए । यी अजिङ्गरहरुमा जादुइ शक्ति रहेको विश्वास गाउँवासीहरुले गरेका छन् । चामरोएनकी मालिक, ४१ वर्षीय, नेथ वाईले ….. हामीले यी अजिङ्गरहरुलाई गाउँमा सुस्वास्थ्य र गाउँका उन्नतिको लागि विवाह गराइदिएका हौं .. भविष्यावेत्ताहरुले यी अजिङ्गरहरु पति-पत्नी हुन् र यिनीहरुलाई सँगै रहनदिनुपर्छ यदि हामीले विवाह गराइदिएनौं भने अनिष्ट र दुर्भाग्य निम्त्याउँछ भनेकाले विवाह गराइदिएका हौं…. भनेर उद्धृत गरेका छन् । धेरै संख्यामा कम्बोडियावासीहरुले जीववादमा विश्वास राख्छन् र प्रत्येक प्राणीमा आत्मा हुन्छन् जो सधैँ चक्रवत रहन्छ भन्ने कुरामा विश्वास गर्छन् । श्रोत – मेट्रो, सुमल, मेस ।