मुसलमान बच्चाहरुलाई संगीत कक्षाबाट रोक

मुसलमान बच्चाहरुलाई संगीत कक्षाबाट रोक


लण्डन -इस्लाम धर्मको केही विश्वास र मान्यताअनुसार संगीतका बाजाहरु सिक्नको लागि निषेध गरिएको विषयलाई लिएर मुसलमान अभिभावकहरुले आफ्ना बच्चाहरुलाई संगीत कक्षाहरुबाट धमाधम निकाल्न थालेका छन् । बि्रटेनको मुसलमान परिषदले प्रकाश पारेअनुसार यहाँका १० प्रतिशत मुसल्मानहरुले संगीत सिक्ने विषयमा र्समर्थन गर्दैनन् । यस विषयलाई उद्धृत गर्दै सयौंको संख्यामा बालबालिकाहरु स्कूलको संगीत कक्षाहरुबाट निकालीसकेका कुरा जाहेर गरेका छन् । पैगम्बार मोहम्मदको वाणीहरुको संकलनमध्ये एउटा परिच्छेदमा बाजा बजाउने कुरालाई निषेध गरिएको छ । दक्षिण लण्डनमा अवस्थित हरबर्ट प्राइमेरी स्कूल, ल्याम्बेथकी हेड टिचरले, हालसम्म त्यस स्कुलबाट २२ जना विधार्थीहरुलाई संगीत कक्षाबाट निकालिएको तथ्य प्रकाश पारेकी छिन् । एलेन रोसले बीबीसीलाई भनेकी छिन्, “कतिपय अभिभावकहरुलाई आफ्नो बच्चाले सांगीतिक बाजाहरु बजाएको मन पराउँदैनन् र उनीहरको घरमा संगीत नै हुँदैन” । एमसीबीका म्याथ्यु विलकिन्सनले-“हामी सबै मुसल्मान बच्चाहरुले शिक्षाको सबै पक्षबाट संगीतलाई समेत समेटेर शिक्षाको लाभ उठाउन सकोस् भन्ने चाहान्छौ” भनेका छन् ।
श्रोत-मेट्रो, सुमल, मेस