माछा तथा चराहरुका वथानको रहस्यमय मृत्यु

माछा तथा चराहरुका वथानको रहस्यमय मृत्यु


लण्डन । अर्कान्ससस्थित बेबे नामको एक सानो टाउनको सडकभरि मृत चराहरुको वर्षा, नयाँ वर्षको नयाँ विहानीमा अचानकै भएको समाचार प्राप्त भएको छ । रातो प्वाँख भएका ती कालो रंगका चराहरु असिना वर्षेजसरी जमीनभरि वर्षिएका थिए, ती मृत हालातमा जमीनमा बजारिएका बताइएको छ ।
एकदिनअघि मात्र, सो स्थान अर्थात् बेबेको नजिकै नदीमा लगभग १०,००० जति माछाहरु मरेर पाखा लागेका थिए । विशेषज्ञहरुले ती दुई अपत्यारिलो मृत्युको बीचमा कनेक्सन हुनसक्ने अनुमानलाई स्थापित गराउन लागी परेका छन् । कुनै विशेष रोगले मरेको भन्न नमिल्ने गरी मात्र एक प्रकारको ड्रम फिस त्यसरी मृत हालातमा हजारौंको संख्यामा भेटिएका थिए भने रातो प्वाँख भएको, कालो चराहरुकै लगभग ५००० को हाराहारी जति मात्र त्यही क्षेत्रमा मृत हालातमा वर्षा भएको थियो ।
नयाँ वर्षको उपलक्ष्यमा पड्काइएको पटाकालगायतका आतिशवाजीको प्रकोपले आघात भएर ती उड्दै गरेकाहरु मरेका हुन् भन्ने एकथरीको अनुमान छ भने अर्काथरीहरु, सो क्षेत्रको वरपर गएको विशाल आँधीवेहरीको प्रकोपमा ती चराहरु परेका हुन् भन्ने छ । तर, जे होस्, ठूलो दस्ताका विशेषज्ञहरु, सो रहस्यलाई खोल्न लागी परेका छन् ।-नीर खड्का,, मेस, श्रोत मेट्रो