२५ वर्षभित्र डिसेम्बर सबैभन्दा जाडो महिना

२५ वर्षभित्र डिसेम्बर सबैभन्दा जाडो महिना


लण्डन । मौमस विभागले गत डिसेम्बर महिना विगत २५ वर्षभित्रको सबैभन्दा जाडो महिना रहेको जानकारी हिजो दिएको छ । मार्गरेट थ्याचर बेलायतको प्रधानमन्त्री हुँदा आजभन्दा २५ वर्ष पहिले सन् १९८६को फेब्रुवरी महिनामा देशले चरम ठण्डीको अनुभव गरेको थियो । साधारणतया ५ डिग्रीको तापक्रम हुनु पर्नेमा त्यतिबेला त्यसभन्दामुनि तापक्रम घटेर माइनस १ डिग्रीको अनुपातमा झरेको थियो । पछिल्लो सयवर्ष देखिको रेकर्डमा पनि डिसेम्बर महिना सबैभन्दा जाडो महिना सिद्ध भएको छ । भर्खरै नयाँ हिमपात योर्कसायर डेलमा शुरु भएपश्चात् तथा अब आउने दुइ दिनभित्र इङ्गल्याण्ड र वेल्शमा हिमपात हुने सूचना दिँदै यो तथ्याङ्क सार्वजनिक गरिएको हो । भोलि हिमपात, पानी र हिउँ मिश्रित वृष्टि बेलायतका विभिन्न क्षेत्रहरुमा हुने पूर्वसूचना मौसम विभागले दिएको छ । सन् २०१० साल बेलायतको मौसम विभागको सन् १९१० सालदेखिको रेकर्डमा १२औं सबैभन्दा बढी जाडो भएको वर्षमा गनिन्छ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।