तनहुँ समाज यूकेको भेला सम्पन्न

तनहुँ समाज यूकेको भेला सम्पन्न


फार्नबोरो, यूके । गत ०३ तारिख, तनहुँ समाज यूकेको वार्षिक कार्यक्रम फार्नबोरोस्थित ओकफाम कम्युनिटि स्कुलको हलमा सम्पन्न भएको छ । लगभग ६०० जना तनहुँबासीहरुको उत्साहपूर्वक सहभागिता भएको सो कार्यक्रममा सोम थापाको संयोजनमा स्थानीय युवा मगरहरुबाट पारम्परिक कौडा नृत्यको प्रदर्शनी गरिएको थियो । आफ्नो संस्कृतिको सम्वर्द्धनका खातिर यसरी युवाहरुले उत्साहजनक भाग लिएकोलाई समाजमा निक्कै नै राम्रो लक्षण मानिएको छ । बिना कुनै औपचारिक कार्यक्रम, सो समर बीबीक्यूमा हङकङेली तनहुँबासीहरुले तयार पारेको तनहुँ एक परिचय शीर्षकको वृतचित्रको आधा घण्टा अवधिको ट्रेलरलाई प्रोजेक्टरको माध्यमले देखाइएको थियो । हङकङबाट झिकाइएको २०० थान डीभीडीको बिक्रिबाट उठेको रकमलाई सदुपयोग गरी तनहुँ जिल्लाका प्रत्येक ४६ गाविसमा निःशुल्क प्रदर्शनी आगामी दशैंको अवसर पारेर गरिने योजनालाई सार्वजनिक गरेर बिक्रि शुरु गरिएको सो ६०० तनहुँबासीहरुको जमातमा जम्मा पचास कपी मात्र बिक्रि भएको थियो । स्मरणीय छ, १८ महिना अवधिभरि तनहुँका सबै गाविसहरुमा स्थलगत भ्रमण गरी तयार पारिएको सो वृतचित्र हङकङमा भव्य किसिमले प्रदर्शित भएको थियो ।-याम, फोटोसहित, बाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।