वूढ्यौली देखिनुबाट छुटकारा

वूढ्यौली देखिनुबाट छुटकारा


लण्डन । के तपाईले वूढी वा वूढो भएको महशुस गर्नु भएको छ ? के तपाईको अनुहारका छालाहरु खुम्चिन थालेका छन् ? नसुर्तानुहोस्, सधै युवायुवती देखिने चाहाना राख्नेहरुका लागि बोटोक्स जेब (सुईको प्रयोग अथवा अपरेशन गरेर त्वचालाई जवान राख्ने प्रक्रिया) को प्रयोग पछि अहिले सौर्न्दर्य व्यावसायमा ग्लेमट्याक्स स्टिक्सले सन्सनी फैलाएको छ । केवल ६ हप्ताको सेवनबाट ३० प्रतिशत अनुहारका झ्याउरिएको त्वचा लोप भएर जाने दाबी गरेका छन् । ससाना सिन्काहरु दिनको २ पटक २०० मिलिलिटर पानीमा मिसाएर सेवन् गर्ने सेलेब्रेटीहरुमा भिक्टोरिया बेकम, सिएना मिलर र क्याट बसओर्थ छन् । हालसम्म ३५ हजार भन्दा बढी मानिसहरुले ग्लेमट्यक्सको सेवनका लागि माग गरिसकेका छन् । यसको सेवन गर्नाले शरीरको अन्तरिक तहदेखि नै बुढ्यौलीको छाप हटाउने तथार् इन्जेक्शन र अपरेशन जस्ता झंझटबाट मुक्त हुने कुरा प्रकाशमा आएको छ । रोडाएल कम्पनीकी संस्थापक मारिया हाजीस्तफानिसकाले, ‘सालभरिको अनुसन्धान र विकास गर्ने क्रममा सौर्न्दर्य र विज्ञानको विषयमा हामीले आफूलाई अग्रपंत्तिमा उभ्याउन सक्षम भएकोमा गर्व गर्दछौ’ भनेर प्रकाश पारेकी छिन् । ग्लेमट्याक्सको प्रत्येक सिन्कामा प्रचुरमात्रमा प्रोटिन र अम्बक (बेलाउती)को रसबाट झिकिएका तरल संग अरु दवाईको मि७नतसणले त्वचालाई नरम तुल्याउछ । ग्लेट्याक्स स्टिक निकै महंगो छ । १४वटाको प्याकलाई ४९।९९ पाउण्डमा खरिद गर्न सकिन्छ । श्रोत नेट, सुमल, मेस