क्षेत्री समाज हन्स्लो एरिया कमिटि

क्षेत्री समाज हन्स्लो एरिया कमिटि


लण्डन । गत नौ तारिखका का दिन हन्स्लो एरियावरपर बस्ने क्षेत्री बन्धुहरुको बैठक हन्स्लोस्थित महेन्द्र कुवरको घरमा क्षेत्री समाज यूकेका अध्यक्ष कृष्ण क्षेत्री, महा-सचिव महेन्द्र बहादुर क्षेत्री, कानूनी सल्लाहकार राजु थापाको उपस्थितिमा सम्पन्न भयो। जसमा ईन्द्र क्षेत्री, मोहन थापा, दीपक थापा, पवन खत्री, कृष्ण थापा, गणेश के.सी., राजेन्द्र बस्नेत, केशर पाण्डे, महेन्द्र कुँवर, नरेन्द्र बस्नेत, प्रदीप के.सी., मनिष के.सी., सुरज थापा, धन बहादुर कार्की,निरन्जन कुँवर र अतिथिको रुपमा हन्शदा योग आश्रमका संरक्षक राम बहादुर बस्नेतको पनि उपस्थिति थियो।
महा-सचिव महेन्द्र बहादुर क्षेत्री, हिजो जम्मा भएका मुख्य उद्देश्य, क्षेत्री समाज हन्स्लो एरिया कमिटि गठन गर्नुका साथै यस कमिटिले गर्न सक्ने योगदान तथा क्षेत्रीहरु सगठित हुनुको बारेमा प्रकाश पारेका थिए । नेपालमा क्षेत्रीहरुको अवस्थाबारे सोधिएको जिज्ञाशामा राजेन्द्र बस्नेतले ब्याख्या गरेका थिए।
बिभिन्न बिषयमा छलफल गर्नुको साथै यो कमिटिले Hounslow,Southall,Stains,Hays,Slough,Feltham and Isle worthलाई समेटने गरी संयोजक,सचिव र कोषाध्यक्षसहित नौ सदस्यीय एरिया कमिटि गठन गरेको छ। जसमा नाम निम्न बमोजिम छः-
सयोजक- मोहन थापा, सचिव-नरेन्द्र बस्नेत, कोषाध्यक्ष- जिवन क्षेत्री, सदस्यहरु-सुरज थापा, निरन्जन कुंवर, ईन्द्र क्षेत्री, केशर पाण्डे, महेन्द्र कुंवर, सुबास बिष्ट, कुल पाण्डे, श्याम थापा, दीपक थापा,
अध्यक्ष कृष्ण क्षेत्रीले नयाँ कमिटि गठन गर्न सफल भएकोमा सम्पूर्ण नवगठित पदाधिकरीहरुलाई हार्दिक बधाइ दिँदै यस कमिटिले क्षेत्री समाज यूकेको छातामुनि रहेर गर्न सक्ने योगदानको बारेमा ब्याख्या गरेकाथिए । साथै महेन्द्र कुंवरले आफ्नो घरको हल तथा चिया,नास्ता निःशुल्क उपलब्ध गराएकोमा सबैले उनलाई धन्यबाद दिएका थिए ।
नयाँ कमिटिको तत्काल बैठक बसी आफ्नो कार्य तर्जुमाको लागि अर्को मिटिङ २९ जनवरीमा बस्ने गरी आजको बैठक समापन भएको जानकारी महेन्द्र बहादुर क्षेत्रीले दिएका थिए ।

त्यस्तै,
क्षेत्री समाज प्लमष्टिड एरिया कमिटी
लण्डन । गत वर्षको अन्तिम महिनाको २६ तारिखका दिन प्लमष्टिड एरियाअन्तर्गत क्षेत्री बन्धुहरुको मिटिङ् प्लमष्टिडको नमस्ते रेस्टुरेन्टमा क्षेत्री समाज यूकेका महासचिव महेन्द्र बहादुर क्षेत्री तथा कोषाध्यक्ष प्रेम खडकाको उपस्थितिमा सम्पन्न भयो, जसमा सुवर्ण थापा, सुरज के.सी., दुर्गा थापा, प्रदीप के.सी.,.दिल थापा, अमृत के.सी., दीपक थापा, सन्जय बस्नेत, सुश्री किरण थापा, पदम बहादुर राणा तथा मिन बहादुर जी.सी.को उपस्थिति थियो । उक्त उपस्थित क्षेत्री बन्धुहरुको राय सल्लाहबमोजिम सात सदस्यीय एरिया कमिटी गठन गर्ने निर्णय भयो, जसको नाम निम्न बमोजिम छ ।
संयोजक- सुरज के.सी., सचिव- प्रदिप के.सी., कोषाध्यक्ष- दुर्गा थापा, सदस्यहरु- दिल थापा, दीपक थापा, पदम बहादुर राणा, सुश्री किरण थापा
यस समाजका महा-सचिव महेन्द्र बहादुर क्षेत्रीले नवगठित कमिटिलाई बधाइ तथा कमिटिले गर्न सक्ने योगदानबारे प्रकाश पारेका थिए ।नव गठित कमिटिले आगामी दिनको कार्य तर्जुमाको लागि १६ जनवरी २०११को दिनमा आफ्नो प्रथम मिटिङ् बस्ने निर्णयको साथै प्रेम खडकालाई पुत्रलाभ भएकोमा खादा ओढाई मुरि-मुरि बधाइ दिइएको थियो। उक्त दिनको कार्यक्रम मिन बहादुर जी.सी.ले सन्चालन गरेकाथिए ।-राजु क्षेत्री