अस्ट्रेलियामा भीषण बाढी

अस्ट्रेलियामा भीषण बाढी


लण्डन । अस्ट्रेलियाको क्वीन्स ल्याण्डमा आएको भीषण बाढीको कारणबाट चौबीस घण्टाभित्र १८ जना मारिनुका साथै ७२ जना हराएका छन् । राजधानीभन्दा ७९ किलोमिटर परको ९० हजार जनसंख्या रहेको तूउम्बा नगरमा बाढीले ठूलो असर पारेको छ । कारहरु सोहोरपटार गर्दै बिर्को जसरी बगाउँदै बाढीले फालेको छ । मानिसहरु अचानक आएको बाढीमा रुखहरु र साइनपोस्टहरुमाथि चढ्दै आफ्नो ज्यान जोगाउने प्रयासमा देखिएका थिए । कैयौलाई उद्वारकर्ताहरुले उद्वार गरिसकेका छन् । अहिले राजधानी ब्रिस्बेनमा बाढी फैलिएर हजारौं संख्यामा घरहरु छाडेर मानिसहरु अन्यत्र अग्लो ठाउँतिर लागेका छन् र घरहरु छाडेर जानको लागि उद्वार्रकर्ताहरुले चेतावनि दिएका छन् । हाल आएको बाढी सन् १९७४मा आएको बाढीभन्दा ठूलो रहेको आशंकामा मानिसहरु भयभित भएका छन् । त्यतिबेला बाढीको कारणबाट १४जना मरेका थिए भने ६७ हजार घरहरु डुबानमा परेका थिए । दिनको समयमा आएको बाढीमा तल्लो सतह भएका ३०वटा स्थानहरु लगाएत वेस्टेण्डदेखि फर्टिचुड भ्यालीसम्म जलमग्न भएकोले उच्च सतर्कताको लागि चेतावनि दिइएको थियो र कैयौ घरहरुबाट मानिसहरुलाई उद्वार गरेका थिए । जतिबेला ब्रिस्बेन नदीको बाढी बढेर तटहरु बाहिर पानी फैलिन शुरु भई सम्पूर्ण पार्कहरु, फुटब्रिजहरु र मेट्रोपोलिटन क्षेत्र लगातार भारी वर्षाको कारण जलमग्न बनायो, त्यसपछि एकैछिनमा यातायात आबरुद्ध भएको थियो । सयौ मानिसहरु अग्लो मैदानतर्फ भागेर गएका थिए । कैयौ अग्लो भवनहरुबाट मानिसहरुलाई उद्वार गरेका थिए तथा कार्यालयका कर्मचारीहरुलाई कार्यालय बन्द गरेर घर पठाइएका थिए । सीटी सेन्टर प्रभावित तरिकाले बन्द भएको थियो । अब आउने २ दिनभित्र यदि ब्रिस्बेन नदी १२ फिट अग्लो बढेर आए ९ हजार घरहरु डुबान पर्ने छन् भन्ने अडकल गरेका छन् । ब्रिस्बेनका मेयर, क्यामबेल न्यूम्यानले ६५हजार जति घरहरु र व्यावसायहरु बाढीमा प्रभावित हुने कुरा बताएका छन् । अपरान्हतिर दक्षिणपूर्व क्वीन्स ल्याण्ड क्षेत्रलाई जोखिम क्षेत्र घोषित गरेर प्रहरीलाई यदि संकटकालको अवस्था परेमा त्यहाँ रहेका मानिसहरुलाई घरबाट जबर्जस्ती उद्वार गर्ने विशेष अधिकार दिएको छ । श्रोत – टाइम,बीबीसी, सुमल, मेस ।