नेकाका वरिष्ठ नेता राईप्रति श्रद्धान्जली

नेकाका वरिष्ठ नेता राईप्रति श्रद्धान्जली


लण्डन । जनसम्पर्क समिति यूकेले भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता बलबहादुर राईको स्वर्गारोहण भएकोमा नेपाली जनसम्पर्क समितिले यूके अति नै मर्माहत भएको विज्ञप्ति सार्वजनिक गरेको छ । गान्धी तथा बीपीवादी नेता मानिने बल बहादुर राई जीवनपर्यन्त लोकतान्त्रिक मूल्य र मान्यताप्रति कर्तव्यनिष्ठ रही विभिन्न विभुषणबाट विभुषित रहेका थिए । विभिन्न विभागीय मन्त्री रही १९औपटक कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीको भूमिका सफलताका साथ निभाएका स्वर्गीय राई, नेपालमा प्रजातन्त्रको स्थापना गर्नका लागि आफ्नो विभिन्न अनुभव र लगनबाट योगदान दिने महान योद्धाका नामहरुमा शीर्ष स्थानमा रहेका थिए ।
सोही आत्मामा शान्तिले कामना गरोस् भन्दै जनसम्पर्क समिति यूकेले गहिरो र भावपूर्ण श्रद्धान्जली व्यक्त गरेको हो ।-शान्तविनोद लामिछाने