जनसंख्या बृद्धिको कारण विश्व संकटमा

जनसंख्या बृद्धिको कारण विश्व संकटमा


लण्डन । आज सम्प्रेषण गरेको एउटा प्रतिवेदनअनुसार विश्वमा अत्यधिक जनसंख्या बृद्धि भएकोले नगरहरुका ढलहरु फैलिँदै जानेक्रम तथा अधारभूत सामग्रीहरुका खाँचोका कारणबाट विश्व भयवाह संकटको धारमा उभिएको कुरा प्रकाश पारेको छ । जलवायुको परिवर्तनभन्दा यस शताब्दीको सबैभन्दा ठूलो ऐलान गर्नुपर्ने चुनौतिको विषय जनसंख्या बृद्धि हुनआएको कुरा इन्सि्टिच्यूट आफ मेकानिकल इन्जिनियरिङले उद्धृत गर्दै सचेत गरेको छ । समूहको प्रतिवेदनमा कुनै ठूलो परिवर्तनबिना नै खाद्यान्न र पानीको ठूलो अभाव खेप्नुपर्ने, उर्जाको कटौति, घरवारविहीन मानिसहरुको बृद्धि र नागरिक अशान्तिको स्थ्िाति सिर्जना हुने कुरा देखाएको छ । प्रतिवेदनअनुसार सन् २०७५सम्म हालको ६ दशमलव ९ अरब जनसंख्या बढेर ९ दशमलव ५ अरब पुग्ने दर्शाएको छ । “मानव इतिहासमा यस शताब्दीको अन्ततिर विशाल जनसंख्या बृद्धिको विस्फोटनको सामना गर्नुपर्ने देखिन्छ” भनेर प्रतिवेदनका लेखक, टीम फक्स, इन्स्टिच्यूशनका हेड अफ इनर्जी, इभायरोन्मेन्ट एण्ड क्लाइमेट चेन्जले व्यक्त गरेका छन् । जनसंख्याको बृद्धि विकासशील राष्ट्रहरु, अफ्रिकाका राष्ट्रहरु र नगरहरुमा ह्रनेछ भनेर प्रतिवेदनमा जनाएको छ । श्रो – मेल, सुमल, मेस ।