नेपाल असुरक्षित गन्तव्य भएको अमेरिकाद्वारा जानकारी

नेपाल असुरक्षित गन्तव्य भएको अमेरिकाद्वारा जानकारी


काठमाडौं, अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सचेत हुन आग्रह गरेको छ। नेपालले पर्यटन वर्षको औपचारिक सुरुवात गर्ने अघिल्लो दिन नेपाल भ्रमणबारे अमेरिकी सरकारले आज जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा सुरक्षास्थिति अझै राम्रो नभएकाले सचेत हुन आग्रह गरिएको हो।

२०११ जनवरी १२तारिकमा जारी गरेको नयाँ भ्रमण ‘एड्भाइजरी’मा पहिलेको तुलनामा सुरक्षास्थितिमा केही सुधार देखिएको भएपनि कुनै पनि समयमा हड्ताल लगायतका कार्यक्रम हुनसक्ने बताउँदै सुरक्षित भ्रमणका लागि आग्रह गरेको हो। काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रहरुमा हत्या, यौनिक हिंसा, लुटपाटका घटनाहरु भइरहेको उल्लेख गर्दै प्रहरीले यस्ता घटना नियन्त्रण गर्न सफल नरहेको उल्लेख गरेको छ।

चितवन, पोखरा, अन्नपूर्ण र ठमेलजस्ता क्षेत्रमा पर्यटकहरु लुटिने गरेको तथा महिला पर्यटकहरुमाथि दुर्व्यवहार भइरहेको उल्लेख गरेको छ। अन्य सुरक्षाका विषयमा पहिले जारी गरेको एड्भाइजरीलाई नै अमेरिकी सरकारले अपडेट गरेको छ। एड्भाइजरीमा माओवादीलाई अझै पनि आतंकवादीको सूचीमै राखेको पुन जानकारी गराएको छ।

अमेरिकी सरकारको Bureau of Consular Affairs ले जारी गरेको नयाँ भ्रमण ‘एड्भाइजरी’ को अंग्रेजी पुर्ण अंश हेर्न यहां क्लिक गर्नुहोला । -देविका, मेस काठमन्डौं