ईर्ष्याले जीवन खत्तम

ईर्ष्याले जीवन खत्तम


लण्डन । गत हप्ता अर्थात् शनिबार आफ्नी भूतपूर्व प्रेमिका स्टाबार्ट, उनको नयाँ प्रेमी क्रिस ब्राउन र एक पुलिस प्याट्रोलिङ अफिसर डभिड राथब्याण्डलाई गोली प्रहार गरी न्यु क्यासलस्थित रोथब्युरीको एक गाउँमा लुक्न पुगेका रावल मोट नामका ३७ वर्षीय पूर्व प्रेमीले आठौं दिनपश्चात् आज विहान आफैले गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
विभिन्न स्टेरोएड प्रयोग गरी विशाल देखिने ६ फिट ३ इन्च अग्ला, ११२ केजीका मोट, केही दिनअघि मात्र जेलबाट छुटेकाथिए । सानो एक कुनै अपराधबाट जेल पुगेका मोटलाई केहीअघि मात्र, फोनमा नै सम्वन्ध टुटाएको समाचार दिने २२ वर्षीय पूर्व प्रेमिका स्टाबार्टको व्यवहारबाट अत्यन्तै मर्माहत भएका मोटलाई उनको सन्काहापनबाट छुटकारा पाउनका लागि आफ्नो नयाँ प्रेमी पुलिस अफिसर भएको पूर्व प्रेमिकाले भन्नु नै पुलिसहरुको लागि, खासगरी कारमा निहत्था, आफ्नो सिफ्टको समयलाई रुजु गर्दै बसेका पुलिस अधिकारी डभिड राथब्याण्डको लागि अभिशाप हुनपुग्यो । आफ्नो रगतको एक थोपासम्म पनि पुलिसलाई मार्न प्रयास गर्ने कसम खाने मोटले ४२ पेज चिठी लेखेका थिए, जसमा आफ्नो जीवन पूर्व प्रेमिकाबिना उजाड भएको लेखेका थिए ।
सत्रवटा विभिन्न पुलिस फोर्सहरुको प्रयोग जल, थल र आकाश गरी गरिएको उक्त आठ दिने खोजको अन्त्यमा थकित लाग्ने मोटसँगको लामो नेगोसिएसनपछि पनि उनलाई जीवित पक्रन असफल पुलिसहरुलाई अहिले माथिल्लो संकायले विभिन्न कोणहरुबाट जवाफ पेश गर्न आहृवान गरिएको छ । एक गोलीको आवाज सुनिएको भन्नेलगायत दुर्इ गोली चलेको भन्ने हल्लाहरुको बीच म्यानहण्टको अन्त्य अत्यन्तै उल्झनपूर्ण देखिएको छ ।
स्टेरोएडको प्रयोगले मानिसको दिमागमा विभिन्न प्रकारको विपरीत प्रतिक्रियाहरु हुन्छ र मोटको केसमा पनि सोही भएको भन्ने मनोचिकित्सकहरुको राय रहेको छ भने आफ्नी प्रेमिकाबाट पाएको धोका, बाल्यकालको कठिनतम अनुभव आदिले गर्दा मोटलाई विध्वंशतर्फ अग्रसर गराएको भन्ने अर्काथरी डाक्टरहरुको भनाइ रहेको छ । पूर्व प्रेमिका स्टाबार्ट र पुलिस अधिकारी राथव्याण्डको अवस्था अहिले खतरामुक्त भएको छ भने क्रिस ब्राउनको मृत्यु भइसकेको छ । स्लघबाट न्युक्यासलमा कराते सिकाउने असिस्टेन्टको रुपमा पुगेका ब्राउनको भेटघाट स्टाबार्टसँग अघिल्लो हप्ता मात्र भएको र जीवनको लागि अत्यन्तै गम्भीर भएर उक्त सम्वन्धलाई आफूलै हेरेको बताउने ब्राउनलाई एक हप्ताको प्रेममय जीवन बिताउन नपाई मारिनु परेको थियो । मोट भने एक नाइट क्लबमा बाउन्सरको काम गर्ने गर्दथे ।
-फोटो नेट, मेस