माइकल ज्याक्शनको डाक्टरको लाइसेन्स निलम्बन्

माइकल ज्याक्शनको डाक्टरको लाइसेन्स निलम्बन्


लण्डन । हिजो एकजना न्यायाधीशले माइकल ज्याक्शनको डाक्टरलाई उनी सम्बन्धित क्षेत्रमा खतरा सिद्ध हुने ठहर्‍याउँदै उनको डाक्टरी लाइसेन्स निलम्बन गरेको समाचार प्रकाशमा आएको छ । लन्सएन्जलस् सुपरियर कोर्टका न्यायाधीश्, माइकल पास्टोरले डाक्टर कनराड मूरको विरुद्ध गायक माइकल ज्याक्शनको मृत्युलाई लिएर मुद्धा चलाउनको लागि पर्याप्त प्रमाण रहेको कुरा उल्लेख गरेका थिए । जून २००९मा माइकल ज्याक्शनको मृत्युलाई लिएर ठूलो सन्सनी फैलिएको थियो जसमा डाक्टर मूरले पचास वर्षीय विश्व प्रसिद्ध लोकप्रिय गायक माइकल ज्याक्शनलाई अनेस्थेटिक प्रोपोफलको बढी मात्रा तथा अन्य पीडामुक्त गर्ने दवाइहरु दिएको कारणले मरेका हुन् भनेर आरोप लगाईएको थियो । ५७ वर्षीय डाक्टर मूरले हत्याको आरोप स्वीकारेका छैनन् । डाक्टर मूरको एटर्नी, एड चारनोकका अनुसार यो निलम्बन सानो विकल्पको रुपमा लिएका हुन् भनेर उद्धृत गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।