मकाउबाट विस्थापित भए नेपाली

मकाउबाट विस्थापित भए नेपाली


काठमाडौं । एक नेपालीले सन्कीका भरमा मनपरीसित गुण्डागर्दी गर्नाले मकाउमा नेपाली कामदारलाई मकाउ प्रवेश भीसामा रोक लगाइएको रहस्य खुलेको छ । काठमाडौंको छैमले गाविससित जोडिएको मकवानपुर स्थायी घर भएका सुदर्शन थापामगरले यसरी मकाउ टापुमा गुण्डागर्दी गरेका हुन् ।
गुण्डागर्दीका कारण उनले सुवास र्राईको आँखा फुटाइदिएका छन् भने वसन्त गुरुङको हात भाँचिदिएका छन् । यी दुवैलाई थापामगर आफैंले मकाउ पुर्‍याएका थिए । र्राई र गुरुङमार्फत चाहिनेभन्दा तेब्बर बढी शुल्क लिएर मकाउ लगेको रहस्य खुलेपछि बढी रकम माग गरेको समाचार स्रोतको दाबी छ । र्राई र गुरुङले मकाउमा थापामगरले भनेअनुसारको कामसमेत पाएका छैनन् ।
नेपाली सेनामा सिपाहीमा काम गरेका थापामगर १ दशकअघि मकाउ गई एसजेएम कम्पनीमा सेक्युरिटी अफिसरका रूपमा काम गरेका थिए । सेक्युरिटी अफिसरमा काम गरेको केही समयपछि थापामगरले मकाउका क्यासिनो मुगल सम्राट स्टेन्ली होका निजी सुरक्षा अधिकारीका रूपमा काम गर्ने अवसर पाए । हो मकाउका प्रभावशाली व्यक्ति मानिन्छन् । होकै शक्तिका कारण थापामगरको समेत शक्ति बढ्न पुग्यो जसलाई उपयोग गर्दै थापामगरले सयौ नेपालीलाई विभिन्न प्रलोभनमा मकाउ पुर्‍याए । पैसा कमाउनकै लागि सोझा सीधा नेपालीलाई मकाउ पुर्‍याएका थापामगरले कसैलाई पनि राम्रो काम दिन सकेनन् । भनेअनुसारको काम नपाएपछि मकाउ पुगेका नेपालीले थापामगरसित गुनासो गरे । गुनासो गर्नेलाई उनले कुटपिट गरी अंगभंगसमेत गराइदिएका छन् । कति नेपाली महिलालाई त सुरक्षा गार्डमा काम दिलाइदिएका छन् । कति नेपाली महिलालाई त सुरक्षा गार्डमा काम दिलाइदिने भनी मकाउ लगेर वेश्यालयमा नारकीय जीवन भोग्न बाध्य बनाइदिएका छन् ।
थापामगरले आफ्नो शक्तिकै भरमा मकाउ पुगेका नेपालीहरूमाथि विभिन्न प्रलोभन देखाई नेपाली समुदायलाई समेत दर्ुइ गुटमा विभाजन गरेका छन् । यस क्रममा थापामगरले आफ्नो प्रमुख शत्रुका रूपमा होका हङकङ बडीगार्ड नेपाली गम्भीरमान गुरुङलाई लिए । गुरुङलाई समाप्त पारेसम्म हङकङ र मकाउमा आफ्नो प्रभुत्व नजम्ने बुझेका थापामगरले गुरुङमाथि आक्रमण गराए । आक्रमणपछि गुरुङको जागीर नै छुट्यो ।
यो घटनापछि हो परिवारबाट नेपालीमाथिको विश्वास गुम्यो जसका कारण नेपालीको भिसा लाग्न नै बन्द भयो भने त्यहाँ काम गरिरहेका धेरै सुरक्षा गार्डहरूलाई पनि निकालियो । यसबाट धेरै नेपालीले मकाउ र हङकङबाट रोजगारी गुमाउनुपर्‍यो । धेरै पूर्व सेना र प्रहरीका मानिसहरूलाई मकाउमा सुरक्षाकर्मी काम पाउँदै आएका थिए । यस घटनापछि भारत, बर्मा, थाइल्याण्ड, भियतनाम र फिलिपिन्सका मानिसलाई मात्र मकाउमा सुरक्षाकर्मीका रूपमा राख्न थालिएको छ ।
नेपालीलाई सुरक्षागार्डमा राख्न छोडेपछि पनि थापामगरले नेपालीलाई काम दिने प्रलोभनमा मकाउ पुर्‍याए । यसरी पुर्‍याइएका गुञ्जबहादुर खड्का, प्रेमबहादुर दर्लामी र मानबहादुर मगरले मकाउमा काम त पाएनन् नै अनाधिकृत रूपमा मकाउ छिरेको भन्दै प्रहरीले पक्राउ गर्‍यो । वर्कपरमिटसमेत नभएकाले तीनैजनालाई कालोसूचीमा पारी नेपाल फर्काइयो । राम्रो कमाइ हुने आशामा लाखौं रुपैयाँ ऋण काढेर मकाउ पुगेका खड्का, दर्लामी र मगरउल्टै बेइज्जतसाथ घर र्फकनुपरेपछि घरको न घाटको भए । ऋण गरेर मकाउ पुगेका उनीहरू फेरि ऋण गरेर दर्ुबई लागेका छन् ।
यता थापामगरले भने सयौं नेपालीबाट ठगेको करोडौं काठमाडौंको सीतापाइलामा भव्य महल किनेका छन् । त्यसैगरी मकाउ, चीन र थाइल्याण्डमा आकर्षक फ्ल्याटसमेत किनेका छन् । नेपालीलाई ठगी गरी मकाउ पुर्‍याउने र भनेअनुसारको काम पनि नदिने गरेपछि थापामगरलाई कलापले सीमा नाघेपछि यिनका सहोदर भाइले समेत यिनको साथ छोडी नेपाल फर्किए । यसपछि थापामगरलाई मकाउमै सरकारवादी मुद्दा लाग्यो । मकाउका मुगल सम्राट होले पनि थापामगरलाई बडीगार्डको जागीरबाट निकालिदिए । जसका कारण थापामगर हाल मकाउमै भूमिगत रूपमा बस्न बाध्य भएका छन् ।
थापामगरले नेपालमा पनि आफ्ना मान्छेमार्फत विभिन्न घटना गर्राई नेपाल प्रहरीको खोजी सूचीमा परेका छन् । यिनी हाल नेपालमा समेत भूमिगत रूपमा ओहोरदोहोर गर्ने गरेका छन् । काठमाडौंको सीतापाइलामा एक छोरा, एक छोरी र श्रीमती भइकन पनि यिनले मकाउमा त्यहीँकी एक कटीसँग विवाह गरी बसेका छन् । एक दशकदेखि मकाउ बसेर सबै नेपालीलाई कुनै न कुनै रूपमा प्रभावमा पार्न सफल थापामगर एक महिनाअघि गैरआवासीय नेपाली संघ (एनआरएन) को मकाउ अध्यक्षसमेत हुन सफल भएका छन् ।
सन् १९९६ देखि नेपालीले मकाउमा क्यासिनो र होटेलमा सुरक्षा गार्डमा राम्रो रोजगारी पाउँदै आएका थिए । पूर्वसेना र प्रहरीलाई मकाउ युरोपजतिकै आकर्षक स्थल बन्न पुगेको थियो । तर थापामगरको व्यवहारले गर्दा हजारौं नेपाली बेरोजगार बन्न पुगेका छन् । -राम खत्री