उगाण्डामा आतंककारी हमला

उगाण्डामा आतंककारी हमला


क्याम्पाला । बाहिर ठूलो टेलिभिजनको पर्दामा विश्वकप फाईनल खेल हेर्दै रोमाञ्चित भइरहेका निर्दोष ७४ जना फुटबाल प्रेमीहरुको ज्यान दुर्इवटा सिलसिलाबद्ध विध्वंशकारी बम विस्फेटनबाट हताहात भएको छ । क्याम्पाला शहरको एउटा रग्बी क्लब इथियोपियन रेस्टुरेन्टमा क्रमबद्ध दुर्इवटा बम विस्फोट भएको छ । ७४ जना मारिनुका साथ सयौ जना घाइते भएका छन् । घायल हुनेहरुमा तीन जना अमेरिकी नागरिकहरु पनि छन् । घट्नास्थलमा देखिएका बम विष्फोटन्बाट क्षतविक्षत लाशको एउटा खुट्टा र टाउकोले आत्मघाती हमला गरेको भन्ने कुरा प्रष्टिएको छ । क्याम्पालाका प्रहरी प्रमुखका अनुसार उग्रवादी संगठन अल-कायदासंग सम्बन्ध राख्ने अल-सबाबको हात रहेको अशंका व्यक्त गरेका छन् । अल-सबाब कट्टरपंथी उग्रवादी समूहको रुपमा चिनिन्छ । बम विष्फोट भएको दुबै स्थलहृरुमा जताततै लाशै लाश र घाइते भएका सयौ मानिसहरुको दारुण दृष्याले मानवताको विध्वंशक घृणित कार्यलाई दर्शाइएको छ । यस घटनालगत्तै मुगादिशुस्थित अल-साहाबका कमाण्डर शेखर इसुफ शेखर इसाले यस आतंककारी हमलाबाट ऊ साह्रै खु्शी भएको कुरा जनाएका छन् । शेखको भनाइ, “उगाण्डा हाम्रो शत्रु हो, कुनै पनि कारणबाट उनीहरु रुवाबासी र दुखी भए हामीलाई खुशीको अनुभूति हुनेछ, हाम्रो विरोधीमाथि अल्लाहाको रिस पोखियोस्”, भनेर व्यक्त गरेका छन् ।
-सुमल, मेस -फोटो (नेट)