संखुवासभा समाज हङकङको वृक्षारोपण

संखुवासभा समाज हङकङको वृक्षारोपण


हङ्कङ । हङकङमा विद्यमान नेपाली संघ संस्थाहरुमा छुट्टै पहिचान बनाउन सफल संखुवा सभा समाजले सन २००८ बाट शुरु गरेको वृक्षारोपण कार्यक्रमलाई यो साल (जुलाई ११ तारिख) पनि निरन्तरता दिएको छ । बिदेशमा बसे पनि हङकङ हाम्रो कर्म थलो बनेकोले हामीरुले यहाँको बिकासमा टेवा पुर्‍याउन केही योगदान गर्नु पर्ने हुनाले यहाँको वातावरणलाई प्रदुषण मुक्त राख्न यो कार्यक्रमलाई निरन्तरता दिएको कुरा अध्यक्ष हेम राईले बताए । गतिविधिहरुको हिसावले हाम्रा कार्यक्रमहरु नितान्त नौलो हुने भएकोले संखुवा सभा समाजको छुट्टै पहिचान बनेको हो -बताउँछन् सल्लाहकार उपेन्द्र कोरंगी । ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा २०० नयाँ बिरुवाहरु थपिएका थिए । सधैं जागीर, घरधन्दा र भीडभाडबाट मुक्त रहन र नेपालको डांडाकांडा वन जंगल अनि उकाली ओरालीको तिर्सना मेटाउन यस्तो कार्यक्रम समय समयमा आयोजन गर्नु पर्ने कुरामा जोड दिन्छन् अर्का सल्लाहकार चक्र बहादुर राई ।
सबैभन्दा रोचक पक्ष त संखुवासभा जिल्ला निवासी ८० बर्षे बृद द्धय भक्त बहादुर गुरुङ र टेक बहादुर गुरुङ सो कार्यक्रममा सहभागी हुन पाएकोमा असाध्यै खुशी देखिन्थे । समुद्र सतहबाट ३४० मीटर उचाइमा रहेको सो डांडा चढ्ने सवालमा स्वां-स्वां र फ्वां-फ्वां गर्दै कठिनाइको महशुस गर्दा संखुवासभा जिल्लामा गाइने हाक्पारे कुर्रै ढाडे गीतको बोल गाएर सहभागीहरु सबैलाई हौस्याएको देख्न पाइन्थ्यो । हेम राईको संयोजन रहेको उक्त कार्यक्रममा विक्रम गुरुङ र टार्जन राईले भीडीयोग्राफी र फोटोग्राफी गरेका थिए । उपाध्यक्ष तुल बहादुर गुरुङ, एम बी राई, कुमार गुरुङ, कृष्ण गुरुङ, बीर बहादुर राईले ब्यबस्थापन गरेको सो कार्यक्रममा हङकङस्थित नेपाली संचार माध्ययमहरु एच के नेपाल डट कम र एभरेष्ट साप्ताहिकको तर्फबाट फोटो पत्रकार अम्बु गुरुङ उपस्थित थिए । वार्षिक रुपमा आयोजना गरिने सो कार्यक्रम यो पटक तेश्रो हो । सन् २००८ बाट शुरु गरिएको यो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने कुरा बताउँछन् -भूपू अध्यक्ष खेमाहाङ जिमी ।- कोरङ्गी प्रेम