सोपाल समाज यूकेको बैठक सम्पन्न

सोपाल समाज यूकेको बैठक सम्पन्न


लण्डन । गत २० जुन, २०१० मा सोपाल समाज यूके को नयाँ कार्य समितिको प्रथम बैठक गोर्खा तन्दुरी रष्टुरेन्ट, स्टानमोरमा समाजका अध्यक्ष क्या. प्रेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा पूर्व कोषाध्यक्ष धन बहादुर गुरुङ र पूर्व महासचिव करम गुरुङले संस्थाको महत्वपूर्ण खातापाताहरु नव निवाचित कोषाध्यक्ष ले.भीम बहादुर गुरुङ र महासचिव युक्त बहादुर गुरुङलाई हस्तान्तरण गरे । सोपाल समाज यूकेको स्थापना भएको छोटो समयमा नै समितिले गरेका महत्वपूर्ण उपलब्धिहरु, सहयोगहरु र अन्त्यमा प्रथम महाधिवेशन सम्पन्न गराएर नयाँ कार्यसमितिको निर्वाचन तथा सल्लाहाकारहरुको समेत चयन गरी सम्पन्न गराएकोमा धन्यबाद समेत प्रस्ताव पास गर्‍यो ।
समितिको बैठकले विधान शंशोधन समिति र निर्वाचन समितिले जिम्मेवारीपूर्वक सम्पन्न गरेको कार्यलाई विशेष धन्यवादसहित सर्वसम्वतद्वारा पास गर्‍यो । गत अंकको समाचारहरुमा सम्प्रेषण गर्दा निर्वाचित सदस्य प्रसाद गुरुङको नाम भुलबस छुट्न गएकोमा सच्याइएको छ भने बैठकले थप दुर्इ सदस्यहरुमा तेजमान गुरुङ र श्रीमती प्रमिला गुरुङलाई मनोनित समेत गरी १९ सदस्यीय कार्यसमितिलाई पूर्णता प्रदान गरेको छ । बैठकले आगामी वर्षमा हुने महत्वपूर्ण आफ्ना वाषिर्क कार्यक्रमहरुको घोषणा समेत गर्‍यो । जस्मा समर वीवीक्यू १८ जुलाई २०१०, ल्होसार ८ जनवरी २०११, वार्षिक अधिवेशन, ८ मे २०११ को चयन गरेको छ भने दशैं र तिहारको कार्यक्रमलाई ऐच्छिक तर हाल समय तोकिएको छैन साथै समाजको रेडिङमा हुन गइरहेको समर वीवीक्यूको संयोजकको जिम्मेवारी करम गुरुङलाई प्रदान गरेको छ । साथमा, वैठकले समाजलाई विभिन्न समय र पक्षबाट सहयोग गर्ने मिडिया, रेष्टुरेन्ट, तथा व्यक्तिहरुलाई धन्यवाद दियो ।
-करम गुरुङ,