हेल्मण्ड प्रान्तमा एक गुर्खासहित दुर्इको मृत्यु

हेल्मण्ड प्रान्तमा एक गुर्खासहित दुर्इको मृत्यु


लण्डन । केन्टलाई मुख्य आधार बनाएको फर्स्ट बटालियन रोयाल गुर्खा राइफल्सका एक उच्च अधिकारीसहित अन्य दुर्इ सिपाहीँको समकक्षी अफगानी सिपाहींको गोली प्रहारबाट मृत्यु भएको छ र अन्य दुर्इ जना घाइते भएका छन् । पुन थरका एक गुर्खाको मृत्यु भएको सो घटना हेल्डमण्डको दक्षिण नहृरे सराजमा विश्रामस्थलमा विहानीपख घटेको थियो । तालिबानले आफ्नो शरणमा आएको बताइएको सो अफगानी सिपाहींको अफ्गानिस्तानमा रहेको ब्रिटिस सेनाले जताततै खोजी गर्दैछ । केहीअगाडि अमेरिकी सेनामाथि यस्तैगरी ज्यान लिने गरेर अफगानी सिपाहींबाट हमला गरिएको थियो । यस पछिल्लो घटनाले एउटै लक्ष्यको प्राप्तिको लागि अफगानिस्तानमा लडिरहेका सिपाहींहरुबीच गम्भीर अविश्वासको छाप परेको छ । भर्खरै, ती अमेरिकी सिपाहीं र पाँच अफगानी नागरिकहरुको तालिबानी आत्मघाती बम विस्फोटबाट मृत्यु भएको छ ।-श्रोत नेट, मेस