(गजल)..गयौ तिमी-बज्र कुमार राई

(गजल)..गयौ तिमी-बज्र कुमार राई


जिन्दगीमा सपना मात्रै फूलाएर गयौ तिमी
तिम्रो त्यो अस्थीरर मन डुलाएर गयौ तिमी

भनेकै थिएँ आइन्दा रुनलाई आँशु बाँकी छैन
आज फेरि आँशुकै बाढी हुलाएर गयौ तिमी

एकार्काको यो धड्कनलाई जोडौं भन्थें म त
त्यो मेरो भावनालाई झुलाएर गयौ तिमी

जिन्दगीभर सँगै जिउँनु-मर्नुपर्छ भन्ने हामी
आज किन एक्लै मलाई भुलाएर गयौ तिमी ?

मनमा दुख्छु तनमा दुख्छु तिमी पराई हुँदा
उदासी भइ बाँच्न विवश तुलाएर गयौ तिमी