खुट्टा बिनाको विधार्थीको आत्मबल

खुट्टा बिनाको विधार्थीको आत्मबल


लण्डन – एकजना १२ वर्षे किशोरले आफ्नो स्कुलका लागि फुटबल, रग्वी तथा क्रिकेट खेलहरुमा प्रतिनिधित्व गरेर स्कुललाई सफलता दिलाएकोमा गौरवान्वित भएको छ । चाखलाग्दो कुरा के छ भने त्यस विधार्थीको दुइटा खुट्टा नै छैनन् । क्यालाम ट्रास्कोट नाम गरेको विधार्थी जन्मँदा नै घुँडाभन्दा मुनिको खुट्टाको भाग थिएन । उनले प्रोस्थेटिक लिम्बको सहायताबाट हिड््न सिकेका थिए । अहिले उनी स्कुलका स्टार खेलाडी बन्न पुगेका छन् । उनी सक्षम स्वास्थ्य शरीर भएकाहरुसँग फुटबल र रग्वी खेल्छन् । गत हप्ता १३ वर्षभन्दा मुनिका क्रिकेट खेलमा आफ्नो स्कुललाई काउन्टी टुर्नामेन्टको फाइनलमा पुग्न उनको अन्तिम ब्याटिङको रन सहायक सिद्ध भएको थियो । उनी सधै आफ्नो स्कुलमा घरदेखि हिडेर जाने गर्छन् । नृत्यकक्षाहरुमा पनि चासो राख्दै अभ्यासका लागि बस्ने गर्छन् । भरखरैको एउटा शारीरिक दक्षता र कष्टलाई खप्न सक्ने पौडी प्रतियोगितामा आफ्नो कक्षाका लगभग सबै साथीहरुलाई जितेका थिए । उनले १५०० मिटरको प्रतियोगितामा मात्र ४५ मिनटमा पूरा गरेका थिए । उनी पछि शारीरिक प्रशिक्षण दिने प्रशिक्षक बन्ने लक्ष्य राखेका छन् ।
उनको भनाइअनुसार आफू शारीरिकरुपमा तन्दुरुस्त भएकोले स्कुलको प्रत्येक खेलको टिममा सहभागी हुन पाउनुपर्छ भन्ने छन् । स्कुलका प्रमुखशिक्षक रे बेलका अनुसार क्यालामले ठूलो उपलब्धि हासिल गरेको कुरा उद्धृत गरेका छन् । उनी अहिले ब्रानेल कम्प्रिहेन्जिव, सेन्ट अनेल स्कुल, कोर्नवालमा पढ्दै छन् । श्रोत – नेट, सुमल, मेस