एटीएम डाँका सीसीटीभीमा

एटीएम डाँका सीसीटीभीमा


बोर्नमाउथ, यू.के. । दिनको उज्यालोमा, गाडीहरु चल्ने व्यस्त सडकको छेउको एटीएम क्यास मेशिनबाट पैसा निकाल्न खोजेको बेलामा एक्कासी पछिबाट अचानक हमला गरेको दृष्यलाई सीसीटीभी क्यामेराले खिचेको रेकर्ड प्राप्त भएको छ । ब्राजिलियन मूलका एकजना एन्टोनियो एलियो नाम गरेको व्यक्ति क्यास मेशिनबाट पैसा निकाल्दै गरेको बेलामा एकजना लुटेरा बदमाशको जोडको घुस्सा प्रहार मुखमा भएपछि उनी भुइँमा ढल्छन्, त्यसपछि त्यो ठगले एलियोसँग ठिंग उभिएर कार्डको पिन नम्बर माग्दै गरेको दृष्य देखिन्छ । दुर्इ बच्चाको बुवा एलियो स्तब्ध भयभित भएर केही बोल्न सक्दैनन् । त्यसपछि आक्रमणकारी चोर एलियोलाई त्यहीँ छाडेर बाटो लागेको देखिन्ख्छ ।
३६ वर्षीय मैला उठाउने कामको सुपरभाइजर ओंठबाट निस्कँदै गरेको रगत पुछ्दै उठेर सीधै त्यहाँबाट काम गर्ने ठाउँमा गएका थिए । काम गर्ने ठाउँमा पुगेर यस घट्नाबारे प्रहरीलाई रिपोर्ट गरे । ठगको घुस्सा प्रहारबाट मुखमा चोटका साथै ओंठ काटिएको थियो । एलियोले आफ्नो ठूली छोरीलाई दस पाउण्ड स्कुलका लागि दिनु पर्ने भएकोले सखारै पैसा निकाल्न गएको बखत घुस्सा र टाउकोको प्रहार खानु परेको थियो । एकछिनसम्म चोटको पीडाले तिलमिलाएका थिए एलियो । पुलिसलाई दिएको रिपोर्टमा, “धन्न त्यतिबेला मेरा बच्चाहरु थिएनन् त्यसैले मलाई पीर छैन, यस्ता मान्छेलाई छिटोभन्दा छिटो पकड्नुपर्छ ताकि अरु मान्छे शिकार नबनून् ” भनेर दिएका छन् । यो घटना जुन महिनाको २१ तारिखको दिनमा साढे ६ बजे बिहान बार्कलेज ब्यांकको बाहिर, बोर्नमाउथमा घटेको हो । यस्ता लुटने घटनाहरु प्राय घट्ने हुँदा पैसा निकाल्दा अघिपछि हेरेर चनाखो रहनलाई सबैलाई सचेत गरिएको छ । श्रोत – नेट, सुमल, मेस ।