सरकार आफ्नो नेतृत्वमा गठन हुने प्रचण्डको दावी

सरकार आफ्नो नेतृत्वमा गठन हुने प्रचण्डको दावी


काठमान्डौं । जनसेनालाई सेना समायोजन विशेष समितिको मातहतमा बुझाए लगत्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरेका छन् ।

मुख्य तीन दलबीच भएको पछिल्लो सहमति र जनसेनालाई विशेष समिति मातहत ल्याएपछि आफ्नो नेतृत्वमा सरकार बन्ने वातावरण बनेको उनको भनाई थियो । क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आज हेटौडामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले शान्तिप्रकृया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउन माओवादी नेतृत्वको सरकार आवश्यक भएको दावी गरे ।

सहमतिको सरकार गठन गर्न तीन दिन बाँकी रहेका बेला प्रचण्डले यो तीन दिन भित्र सहमतिको सरकार गठन हुने दावी पनि गरे । प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी जेठ १४ गते भित्रै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । – मेस, काठमान्डौं ।