भारतीय रुपैंयाको मुद्रा चिन्ह

भारतीय रुपैंयाको मुद्रा चिन्ह


नयाँ दिल्ली – अहिलेसम्म भारतीय नोट (पैसा)लाई मुद्राको रुपमा भा.रु. अथवा भारतीय रुपैया भनेर चलन चल्तीमा चिनिन्छ । छिमेकी राष्ट्रहरु नेपाल, पाकिस्तान र श्रीलंकामा पनि मुद्रालाई रुपैंयाको रुपमा प्रचलन गरिँदै आएको छ । अबदेखि भारत सरकारले आफ्नो मुद्रालाई पहिचान र प्रयोग गर्नका लागि छुट्टै नया“ चिन्ह लागू गरिने समाचार प्रकाशमा आएको छ । Rs अथवा IRs को सट्टामा अब देवनागरी लिपिको “र” शब्दलाई डाँडीबाट तल समानान्तर बीचमा तेर्सो धर्सा काटेर नयाँ मुद्राको प्रतीक चिन्ह पारित गरेकेा छ । यो झण्डै यूरो नोटको जस्तै बीचमा धर्सा काटिएको छ ।
नोटमा छापिइने डिजाइनका लागि विभिन्न प्रतियोगीहरुबाट छनोट गरिएको हो । उदय कुमार नाम गरेका एकजना भारतको इन्स्टिट्युट अफ टेक्नोलोजीका शिक्षकले प्रतियोगिता जितेका हुन् जसका लागि भारत सरकारले ३५०० पाउण्ड रकमको इनाम समेत विजयीलाई प्रदान गरिसकेको छ । भारतले मुद्रको नया“ प्रतीक चिन्ह देशको आर्थिक उन्नति भएको कारणले लागू गरेको हो र यस वर्षको ग्राहस्थ उत्पादन ९ प्रतिशत भन्दा बढी भएको तथ्य प्रकाशमा आएको छ । आउँदो बीस वर्षभित्र भारतले आथिैक विकासमा हालको द्रुत आर्थिक विकास भएको देश चीनलाई उछिनेर अघि बढ्ने कुरा विज्ञहरुले प्रकाश पारेका छन् । भारतको मुद्रा रुपैंया पनि यूरो, डलर, पाउण्ड र येनको समकक्षी रहनेछ भन्ने कुरा अडकल गरेका छन् । यो मुद्राको नया“ डिजाइनलाई भारतको आईटी सिस्टममा परिमार्जन गरेर कम्प्युटरका कीबोर्डहरुमा राखिनेछ । व्यावसायिक रुपमा मुद्रा चलाउनको लागि विज्ञापन गर्नलाई विभिन्न कम्पनीहरुको आवश्यकता हुन्छ जो निकै महंगो साबित हुने लख काटिएका छन् । सन् १९९९ सालमा पहिलोचोटि यूरोलाई विभिन्ना कम्पनीहरुमार्फत प्रचलनमा ल्याउने प्रक्रियामा पचास अरब अमेरिकी डलर भन्दा बढी रकम खर्चिएको थियो । भारतका संचार मन्त्री अम्बिका सोनीका अनुसार नयाँ डिजाइनको मुद्राले भारतीय रुपैंयालाई अरु मुद्राहरुभन्दा फरक तुल्याउनेछ । श्रोत – नेट, सुमल, मेस