योगाले दिमाग परिवर्तन गर्दछ

योगाले दिमाग परिवर्तन गर्दछ


लण्डन । मेडिटेशनको माध्यमबाट थकानमा कमी ल्याउँदै स्मरणशक्ति बढाएर मगजको आकारसमेत परिवर्तन गर्दछ भन्ने कुरा हालै अनुसन्धानकर्ताहरुले प्रकाश पारेका छन् । जुन व्यक्तिहरुले दैनिक औसत २७ मिनट जतिको दरले मेडिटेशन गर्दछन् उनीहरुको हिपोयाम्पस (दिमागको एउटा भाग जुन भाग चाँहि सिक्न र स्मरणका लागि महत्वपूर्ण मान्दछ) मजबुत रहेको पुष्टि गरेका छन् । संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स जेनेरल अस्पतालमा मानिसहरुको “ब्रे स्क्यान” गरेर थाहा लागेअनुसार मेडिटेशनबाट थकानको लेभल घटेको कुरा अनुसन्धानसंग आबद्ध विज्ञहरुले प्रकाश पारेका थिए । यस प्रतिवेदनका सहलेखक जर्मन, जाइसेन युनिभर्सिटीका बि्रट्टा वाइजलले मेडिटेशनबाट दिमागलाई लचिलोपन् बनाएको देख्दा रमाइलो लाग्यो र यसको अभ्यास गरेर हामीले आफ्नो दिमागलाई परिवर्तन गर्न सक्रिय भुमिका खेल्न सक्छौ । हामीले आपmनै तन्दुरुस्ती बढाएर स्तरीय जीवन ज्ञापन गर्न सक्छौ…. भनेर उद्धृत गरेका छन् । श्रोत -मेट्रो, सुमल, मेस ।