मस्को एअरपोर्टमा बम विष्फोटन

मस्को एअरपोर्टमा बम विष्फोटन


लण्डन । मस्को एअरपोर्टको टर्मिनलमा आतंककारी आत्मघाती बम विष्फोटन गरेर हमला गर्रर््नअघि रुसी सुरक्षा निकायलाई एक हप्ताहपहिले जानकारी भएको कुरा हिजो थाहा लागेको थियो । प्राप्त रिपोर्टअनुसार बम कुन ठाउँमा कतिबेला राखिनेछ भन्ने कुराको समेत पूर्वचेतावनी दिइएको भएता पनि सुरक्षा निकायले यो आक्रमण रोक्न असमर्थ भएको जानकारी दिएका छन् । सुरक्षा श्रोतबाट रुसका सञ्चार एजेन्सी आरआईए नोवोस्तीलाई सुरक्षा सेवाका विशेष निकायलाई मस्कोको एअरपोर्टहरुमा आतंककारी हमला गर्ने कुराको सूचना प्राप्त गरेको पुष्टि गरेको छ । एजेन्टहरुले तीनजना सन्देहास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको बेलामा तिनीहरुले सुरक्षाकर्मीहरुको आँखा छलेर एअरपोर्ट क्षेत्रभित्र पस्न सफल भएका थिए ।
हिजो स्थानीय समयअनुसार चार बजेर तीस मिनट जाँदा एकजना आत्मघाती बम विष्फोटन गर्नेले रुसको अति नै व्यस्त रहने दोमोदिडोभो एअरपोर्टको टर्मिनल बिल्डिङभित्र कराउँदै ….म तिमीहरु सबैलाई मार्छु… भनेर आफूसहित ३५ जनालाई मारेर आत्मघाती बम विष्फोट गरेको समाचार प्राप्त भएको छ । टर्मिनल बिल्डिङलाई कम्पन गर्दै विष्फोट भएको बम द्वारा कालो धूँवाको मुस्लोसहित धेरै क्षति पुर्याएर १८० जति यात्रुहरुलाई घाइते बनाएका छन् । मर्नेहरुमा बेलायतका २ जना नागरिकसहित ८ जना विदेशी नागरिकहरु मरेका छन् । यो एअरपोर्ट मस्को शहरदेखि २६ माइल पर अवस्थित छ । बम विष्फोटपछि सबै तितरबितर ह्रँदै भागेका थिए र मरेका लाशहरुको थुप्रो धूँवाको बीचमा प्रत्यक्षदर्शीहरुले देखेका थिए भने एअरपोर्टका कर्मचारीहरुले ब्यागेज गुडाउने ट्रलीहरुमा घाइतेहरुलाई ओसारेका थिए ।
रुसका राष्ट्रपतिलाई बेलायती प्रधानमन्त्री, डेभिड क्यामरुनले आतंककारीहरुलाई मास्नको लागि पूरा समर्थन गर्ने प्रतिबद्धता हिजो फोनमार्फत भनेका छन् साथै यस हमलाबाट दिवंगत भएका व्यक्तिहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकहरुका परिवारप्रति सहनुभूति प्रकट गरेका छन् । आत्मघाती हमलाको लागि काकासास क्षेत्रका विद्रोहीहरु हुन सक्ने आशंका गरिएको छ । साभार -मेट्रो, टेलिग्राफ, सुमल, मेस ।