हङकङेली नेपालीमा जातीय भेदभावको पराकाष्ठा

हङकङेली नेपालीमा जातीय भेदभावको पराकाष्ठा


भनिन्छ, हरेक देशबासी जो विदेशमा जान्छन् वा बस्छन् ले अघोषित रुपमा आफ्नो देशको अवैतनिक राजदूतको रुपमा आफूलाई व्यक्त्याउने गर्छन् । सो स्थान वा परदेशमा आफूले नेपालको प्रतिनिधित्व गरेको मान्दै तदनुरुप नै सो स्थानमा परिचालित हुन्छन् । तर हङकङमा त्यसको र त्यस्तो अवस्थामा प्रभाव कुनै पनि एङ्ग्लबाट देखिँदैन ।

नेपालको पूर्व मेची र पश्चिम महाकालीबाट आएर हङकङ जस्तो सानो स्थानमा खाँदिएकाहरु आआफ्ना स्थानविशेषको व्यवहारलाई जस्ताको तस्तै लिएर आएका छन् । आईडीको कडीबाट बाँधिएर आएकाहरुका अधिकांश समूहहरु, हिजो नेपालमा हलो जोत्दा, घाँस-दाउरा गर्दा गर्दै र त्यहीअनुरुप अति नै साँघुरो सोँचलाई वौद्धिकता मानी आएका छन् भने कतिपय पढेलेखेका जान्नेसुन्नेहरु, नेपालमा आफूले भोगेका विषमताहरुको पोको लिएर हङकङमा ‘समबडी’ बन्ने धुनमा आएका लाग्दछन् । र त्यसैको फलस्वरुप, त्यस्तो सानो ठाउँमा पनि जातीय संकीर्ण सुझबुझले गर्दा नेपाली पन नै पूर्ण रुपमा तितरवितर भएको अवस्थामा नेपालीहरु रहेका छन् ।

आईडीको लागि आफ्नो मानमर्यादा, जातीयता, धार्मिकता अनि नैतिकतालाई पनि पाखा लगाउने हजारौं नेपालीहरु रहेको सोही ठाउँमा विभिन्न नेपाली मतलवमा संस्थाहरु छन् । आईडीकै लागि आफ्नी दिदीवहिनीसँग, छामा, भाउज्यूसँग वा दाजुभाइ, भिनाजु वा काकासँग कागजी विवाह गर्नहरु प्रशस्तै भेटिन्छन्, लाजै पचाएर विभिन्न कारणहरु देखाई सरकारी सुविधा खानेहरु नै हङकङमा अहिले ठूलठूला संघसंस्थामा पदाधिकारीहरु छन् । यसमा राई, लिम्बू, गुरुङ र मगर नै अत्यधिक मात्रामा रहेका छन् । पैसाका लागि विभिन्न रुपमा शास्वत नैतिकतालाई लिलामी गर्नेहरुमा प्रशस्तै संस्थाहरु रहेका छन् । यसमा जातीयलगायत सामुदायिक विविध नामधारी संस्थाहरु छन् । पैसाको लागि हङकङमा शरणार्थीहरु भित्र्याउन सहयोग गर्ने, संस्थाको नामलाई भजाएर नाफामुखी विभिन्न सांस्कृतिक कार्यक्रमहरु ल्याउने, सरकारी सब्सिडी खानका लागि विविध वहानाका समाजरुपी कार्यक्रमहरु गर्ने संस्था तथा तिनका अध्यक्षहरु सर्वव्यापी रहेका छन् । यसमा हङकङका कुनै ठूला संस्थाहरु अछुत छैनन् । नक्कली कागज बनाउनेहरु, नक्कली सर्टिफिकेट तयार पार्नेहरु, नक्कली विवाह गराउनेहरु, नक्कली नाम बोकी समाजमा हिँड्नेहरु जताततै सर्वत्र छन् भने विभिन्न रुपमा ठगी गरेर धनी भएका र सोही शैलीमा ठूला भएकाहरुका खराव चरित्रहरु आम रुपमा नै सर्वव्यापी भएका सर्वविदितै छ । यस्तो ठाउँमा तर नेपालको लागि केही गर्न नसक्ने र नचाहनेहरु यति छन् कि सकारात्मक सोँच राख्नेहरु अल्पमतमा परेका छन् ।

नेपाल सरकारको प्रतिनिधित्व गरेर आउनेलाई हङकङमा चाइनिजहरुको ढोकाको पाले बन्नेहरु, तिनका गाडी चलाउनेहरु, तिनका छोराछोरीको सुसार गर्नेहरु, तिनका घरआँगनमा सरसफाइ गर्नेहरुले विरोध गर्दछन्, नेपालको प्रतिनिधिको विरोध यस कारणमा गर्दछन् कि सो व्यक्ति जनजाति थिएन । एक अनपढ गोपाल किराती राज्यमन्त्री बनेको क्रममा झिकाइन्छ, र सो जसले नेपालमा आठसयवटा जिल्ला बनाउनु पर्ने आइडिया राख्दछलाई लगभग पूजा गरिन्छ, एकदमै संकीर्ण र साम्प्रदायी सुरेश आलेमगर आउँदा तिनलाई पुज्न लालायित हुन्छन् मगरहरु । गुरुङ थरमा गायक, गायिकाहरु गुरुङजातिहरुबीच देउता भएर जान्छन् भने गैरजनजाति पाहुनाहरु भने नेपालको वर्तमान हालातको दोषीको रुपमा प्रस्तुत हुन्छन् ।

गत साल, डा. शर्मिला गुरुङलाई समाज सेवामा राम्रो काम गरेकोले गर्दा हङकङका चिफ एक्जेक्युटिभ डोनाल्ड चाङको हातबाट कदर पत्र प्रदान गरिएको थियो । राई तथा मगरहरुले भन्दै थिए-वास्तवमा शर्मिला गुरुङले नेपाली समाजको लागि के नै गरेकिछिन् र ? त्यसरी नेपाली समाजको नाममा पाएको पुरस्कारको विरोध गर्नुपर्छ । गुरुङहरुले उनलाई खादा ओढाउने, सम्मान गर्ने अनि तदनुरुप प्रशंसा गर्दै विज्ञापन गर्ने कार्य जोडतोडका साथ गरेका थिए । अन्यलाई जस्तो मतलव नै रहेन । तर विभिन्न वहानामा स्थानीय इकाइका प्रहरीहरुले दिने प्रशंसा पत्रहरुको बारेमा चर्को चर्को गानगुन हुने ठाउँमा डा.शर्मिला गुरुङ, गुरुङ समुदायकी मात्र भएर रहिन् ।

यो जातीयताको चरम होइन । दिलबहादुर लिम्बूको प्रहरीको गोलीबाट मारिने क्रममा स्ट्याण्डर्डमा पहिलोपटक समाचार छापिएको थियो, त्यसलाई सबैभन्दा पहिले नेपाल डट यचकेले नेपाली समुदायको लागि समाचार बनाएको थियो । परिचय खोलिनुअगाडि सो व्यक्ति लमजुङवासी गुरुङ भएको मान्यता राखिएको थियो, तदनुरुप नै नेपाल डट यचकेले समाचारहरु अपडेट गर्दै गएको थियो । गुरुङहरुका एक लस्करहरुले बाराम्बार अन्य जानकारीको लागि फोन गर्दथे र सो बेवको तर्फबाट मैले बाहिर रहेका विभिन्न लिम्बू र राई अनि मगर जातिका मित्रहरुलाई सोबारे बुझ्नको लागि अनुरोध गरेको थिएँ, तर तिनले त्यत्तिको चाख देखाएका थिएनन् । हङकङमा भाइरसको उपनामले चिनिने एक मगरले विभिन्न नाममा हङकङ सरकार र नेपाली जातिहरुबीचमा फाटो ल्याउनका लागि भड्काउने अभिप्रायले समाचार बनाएकोमा गाली गर्दै कमेन्टहरु राखेका थिए । आईपी एड्रेसबाट चिनिएको सो मित्रका उक्त तथाकथित लान्छनालाई मैले सो नेपाली भएको र त्यसरी मारिनु गलत भएको भन्दै स्पष्टिकरण दिँदै थिएँ । अर्को दिन, सो व्यक्ति लिम्बू भएको र उसकी श्रीमती राई थरी भएकी भन्ने जानकारी सार्वजनिक भयो । त्यसपछि, गुरुङहरु पाखा लागे र लिम्बू अनि राईहरु अगाडि आए । हुन त सम्पूर्ण रुपमा नेपालीहरु एक्वेवद्ध भएको देखिएको सो घटनामा ज्ञारेन्टी साथ भन्छु, गुरुङ र मगरहरु साथ थिएनन् । यो नेपाली समाजको हङकङको अति नै दुषित रुप थियो ।

हिन्सको उत्पत्ति आर्यनहरुको एकीकृत रुपको लागि भएको भए तापनि जातीय स्वरुपमा त्यसरी सानो दायराभित्र बस्नुहुँदैन भनी त्यसलाई एकीकृत नेपाली समाजअनुरुप नै सामाजिक बनाइएको भए तापनि त्यसका अध्यक्षले विभिन्न सामाजिक कार्यक्रमहरु गरी पैसाको खेल खेल्ने गरेको भन्दै अन्य मूलधारका आर्यहरुले हात खिँचेको सोही हिन्सले स्थानीय राजनीतिक पार्टीसँग कार्यगत एकता राख्दै हङकङको मूलधारमा समाजलाई पसाउन सफल भयो । यो नै यस्तो संस्था थियो, जसको समाजिक कार्यक्रममा विभिन्न राजनीतिक पार्टीकालगायत हङकङ सरकारका ठूला व्यक्तित्वहरुको उपस्थिति हुने गर्दछ । त्यसलाई त्यो अवस्थामा लानका लागि आफ्ना सहयोगीसहित त्यसका अध्यक्ष बुद्धिबहादुर थापा सफल भएका थिए । हङकङ सरकारको नजरमा त्यस्तै व्यक्ति पर्ने न हो र चाइनिज सरकारको नजरमा पनि उनी परेका थिए, र त चीनको ६० औं जन्मदिवसको अवसरमा उनी बेइजिङमा थिए । बुद्धिबहादुर थापा, आर्य नभएर जनजाति भएका भए, त्यो हङकङमा उनी एक किसिमले जातीय स्वरुपको देउताको रुपमा पुजिने थिए, तर अल्पसंख्यक नेपालीहरुका पनि अल्पसंख्यक आर्यहरु रहेको हङकङमा नगन्य रहे । अहिले उनै थापालाई आगामी अक्टोबर ०१ तारिखका दिन चिफ एक्जेक्युटिभबाट कदर पत्र दिने भनिएकोमा मगर मुक्ति मोर्चालगायत अन्य जनजातिहरुबाट विरोध गरिन थालिएको समाचारहरु आएका छन् ।

धिक्कार छ ती नेपाली भनाउँदाहरुलाई । आईडीका लागि आफ्नै दिदीबहिनीहरु, दाजुभाइ वा काकाकाकीहरुसँग् विवाह गर्नेहरु, शरणार्थी भित्र्याउनेहरु, रखैल राख्नेहरुले आफ्नो नैतिकता भने पटक्कै देख्दैनन् । बलात्करीहरु, जंडियाहरु अनि ठगहरु विभिन्न संस्थाका अध्यक्षहरु छन्, तिनका बारेमा चुक्क बोल्दैनन् तर एक आर्यको प्रगतिको पछाडि खनिएर लाग्दछन् । धिक्कार छ ती संकीर्ण मनहरुलाई ।

कहिलेकाहिँ लाग्दछ, ती एक एकका पोललाई सार्वजनिक बनाइदिऊँ ।
-प्रकाश के.सी, लण्डनबाट