पत्नीले टोकेपछि पतीले राखे कचौरामा अण्डकोष

पत्नीले टोकेपछि पतीले राखे कचौरामा अण्डकोष


आफ्नी पत्नीसँग शारीरिक सम्बन्ध राख्दाराख्दै ताइवानका एक पुरुषलाई अस्पताल भर्ना गर्नु परेको छ । ताइवानको न्युज वेवसाइड एपल डेलीका अनुसार शारीरिक सम्बन्ध राख्ने क्रममा वाङ नामक पुरुषकी पत्नीले पतिको अण्डकोष टोकेर अलग गरिदिएकी हुन् ।

घटनाको बारेमा अस्पताललाई जानकारी गराएपछि जब एम्बुलेन्स घर आइपुग्यो, ५१ वर्षीय वाङ शरीरबाट छुट्टिएको आफ्नो अण्डकोष कचौरामा राखेर उभिइरहेका थिए । सो वेवसाइडका अनुसार ४९ वर्षीया सायाले वाङको दायाँ अण्डकोष टोकेर छुट्याई दिएकी हुन् ।

वाङलाई तुरुन्त अस्पताल पु¥याइएकोले उनको अवस्था खतरामुक्त रहेको छ । तर पत्नीले टोकेर छुट्याइदिएको अण्डकोष भने इन्फेक्सन हुने त्रासले अझै जोड्न नसकिएको उपचारमा संलग्न डा. लीले बताएकी छिन् । लीका अनुसार अब वाङ पहिले जसरी कार्य गर्न सक्छन् या सक्तैनन्, यो निक्र्योल गर्न अझै केही समय कुर्नैपर्ने छ ।

लामो समयदेखि दम्पत्तिको रुपमा एकसाथ रहँदै आएका वाङ र सायाका दुई सन्तान छन् । केहि समयदेखि सायाको यौनिक मानसिकता ठिक नभएको र मानसिक अस्वस्थताकै कारण बढ्ता उत्तेजित भएर उनले श्रीमानको अण्डकोष टोकेर छुट्याइदिएको हुनसक्ने अनलाइले अनुमान गरेको छ ।