साहित्य महासंघको प्रथम भेला सम्पन्न

साहित्य महासंघको प्रथम भेला सम्पन्न


ब्रुनाई । गत १४ अगष्ट २०१०, का दिन विश्व नेपाली साहित्य महासंघ, केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधूर्यको अध्यक्षतामा सम्पन्न भयो । विभिन्न १० वटा बुदाँहरुमाथि ब्यापक छलफल गरि सर्वसम्मत र बहूमतको आधारमा निर्णय भएका छन् । भेलाले रिक्त रहेको केन्द्रिय समितिको उपाध्यक्ष पदमा वेलायतका साहित्यकार सुरेशजंग शाह, र जापानका साहित्यकार तिलक मल्ललाई चयन गरेको छ त्यस्तैगरी उपसचिवमा युएइका साहित्यकार समदर्शी काँइलालाई चयन गर्‍यो । महासंघको सल्लाहकारमा गैर आवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई चयन गरेको छ । केन्द्रिय पार्षद सदस्यहरुमा कवि तथा पत्रकार श्याम रिमाल नेपाल, जयन्द्र घिसिङ बहराइन, भानु सुनुवार कतार, सुरेन्द्र लिम्बू लेबनान, चुम लिम्बू थाइल्याण्ड, पुरु जोशी द. कोरिया, गणेश ठाडामगर, चीन र भक्त घिमिरे भुटान न्यूयोर्क, अमेरिकालाई थप गरिएको छ ।
भेलाले ब्यापक छलफल र बहस पछि विधान मस्यौदा संयोजक विश्वास दीप तिगेलाले प्रस्तुत गरेको विधानलाई पारित गरेको छ । त्यस्तैगरी विश्वको सबै महादेशहरुलाई समेट्ने ७ तारा अंकित संस्थाको लोगोलाई पारित गर्दै, संस्थाको वेभपेज र मुखपत्रको बारेमा पनि निर्णय गर्‍यो । महासंघको पहिलो शाखा रसिया मस्कोलाई हार्दिक बधाई ज्ञापन गर्दै मान्यता प्रदान गर्‍यो । त्यस्तैगरी उदाउदो तारा साहित्य समाज, पेनाङ मलेशिया, नेपाली साहित्य प्रतिष्ठान हङकङ, अनलाइन नेपाली साहित्य मंच, ब्रुनाई/वेलायत, सर्वदा वाङमय साहित्य प्रतिष्ठान यु ए ई, प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाईलाई पनि सम्वन्धन प्रदान गर्ने निर्णय गर्‍यो ।
भेलाले काठमाडौ सम्पर्क संयोजक शर्मिला खड्कालाई तोक्दै चाडै काठमाडौ शाखा निर्माण गर्ने पनि निर्णय गर्‍या । त्यस्तैगरी यहि अगष्ट २९ तारिखको दिन मोती जयन्तीको अवसरमा महासंघ केन्द्रिय समितिको मातहतमा साहित्यिक भेला तथा मलेशिया शाखा निर्माण गर्नको लागि केन्द्रिय सदस्य जीवन देवानलाई कार्यक्रम संयोजक तोक्यो ।
भेलामा १० मुलुकबाट दर्ुइ दर्जन पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपालको समय वेलुकी ६.३० बाट शुरु भई ५ घण्टा संचालन भएको थियो । भेलाको निमित्त स्काइपी फोन कन्फेरेन्स र चाटिङ दुबै प्रयोग गरिएको थियो । कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको थियो ।-तिगेला