नयाँ सरकार गठनमा बाटो खोल्न वाम युवा संगठनको आग्रह (पत्रसहित)

नयाँ सरकार गठनमा बाटो खोल्न वाम युवा संगठनको आग्रह (पत्रसहित)


नयाँ सरकार गठनको बाटो खोल्न वाम युवा संगठनले आग्रह गरेका छन् । माओवादी केन्द्र र एमालेका सयुक्त विद्यार्थी/युवा संगठनले सोमबार दिउँसो प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटेर जतिसक्दो चाँडो नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

भारतीय योजना र नेपाली कांग्रेसको निर्देशनमा वाम गठबन्धन फुटाउने, नयाँ सरकार बन्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न विभिन्न शक्तिहरु लागिरहेको अवस्थामा निर्वाचन आयोगले नै निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको उनीहरुको भनाइ थियो । यसबाट गम्भीर आशंका पैदा भएकाले चाँडै मतपरिणामा सार्वजनिक गर्न उनीहरुले माग गरे ।

संघीय संसदको राष्ट्रियसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था निर्वाचन ऐनले गरेको भन्दै ती संगठनले तत्काल प्रतिनिधिसभाको सिट बाँडफाँट गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

वाम विद्यार्थी तथा युवा संगठनले आयोगको काम ढिलासुस्ती हुँदै जाने र वर्तमान सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहीनतातर्फ लैजाने प्रपञ्च आफूलाई मान्य नहुने भन्दै कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

पत्रसहित