सडक दुर्घटनामा नेपालीको मृत्यु

सडक दुर्घटनामा नेपालीको मृत्यु


लण्डन । गत सोमबार, दिउंसो एक बजे, फार्नबोरो र अल्डरसट बीचको सडकको बत्तीको पोस्ट र बेरियरमा होण्डा सिभिकको गम्भीर किसिमले ठक्कर लागेर दुर्घटना भएको थियो । सो कारका चालक, सो दुर्घटनामा गम्भीर रुपले खुट्टा, छाती र पेटमा घायल भएका थिए । हेलिकप्टरबाट रोयाल लण्डन अस्पतालका लागि उठाइएका घाइतेको केहीबेरपछि मृत्यु भएको थियो ।
बाउन्न वर्षीय ठयन्द्रध्वज तुलाचन अल्डरसटको किंग्सवेका निवासी थिए । सो घटनाको प्रत्यक्षदर्शीहरुलाई नजिकैको प्रहरीलाई जानकारी उपलब्ध गराउनका लागि आग्रह गरिएको छ ।-श्रोतःगेटहृयाम्सायर