नेपाली काङ्ग्रेसको धरातल र गणतन्त्र

नेपाली काङ्ग्रेसको धरातल र गणतन्त्र


– स्वयम्भूनाथ कार्की

बिनानिर्वाचन एमालेको जत्रै आकार दिइएको माओवादी त्यसबखत गिरिजाप्रसाद कोइरालाको विशेष स्नेहपात्र थियो । सम्भवतः उनको मनमा माओवादी प्रयोग गरेर एमालेलाई खुम्च्याउन सकिन्छ भन्ने आएको हुन सक्छ । माओवादीसँग शान्तिसम्झौता गरेको सरकार भएकाले सम्झौताको दुई पक्ष थिए । तर, यसप्रकारले माओवादीलाई संसद् र सरकारमा भित्र्याउनेबित्तिकै त्यो सम्झौताको सन्तुलन परिवर्तन भयो, सम्झौता गर्ने सरकार र माओवादीको बराबर हैसियत भएको सरकार अनि सिङ्गो माओवादी पक्ष । यसरी माओवादी डेढ पक्ष भयो र सात दल भनिने संसद्वादी दलहरू आधा पक्ष मात्र रहे ।

यो नै नेपाली काङ्ग्रेसको धरातलमा परेको पहिलो सशक्त चोट थियो । यसले चर्केको धरातल संविधानसभाको निर्वाचनपछि लगातार फराकिलो हुँदै गएको छ । गिरिजाले आफ्नो जीवनको अन्तकालमा सत्ता हस्तान्तरण गर्दा शायद जीवनभरिकै सबैभन्दा धेरै अपमान व्यहोर्नुप¥यो । उनलाई राष्ट्रपतिको ललिपप देखाएर गणतन्त्रतर्पm लगेको कुरा माओवादी नेताहरूबाट लगातार भनियो । काङ्ग्रेसजनले पनि मौन रहेर निरीहतापूर्वक स्वीकार गर्नुप¥यो । आफूले काँधमा बोकेको भनेर दाबी गरिएको राजसंस्थालाई नै हतियार बनाएर बहुमतीय पद्धति संविधान संशोधन गराएकोे कुरा अनगिन्तीपटक प्रचण्डले भनेका छन् ।

गिरिजाको माओवादीप्रतिको विशेष स्नेहको कुरा उनको मृत्युमा शोक प्रकट गर्ने वेलामा प्रचण्डलगायतका नेताहरूले खोलेका थिए । उनलाई पहिलो वाचाअनुसार पहिलो राष्ट्रपति बन्न रोकेर आफूहरूले ठूलो भूल गरेको आत्मालोचना पनि गरिएको थियो । ०६३ पछि नेपाली काङ्ग्रेस एकलौटी सत्ता सञ्चालन गर्ने हैसियतमा नै रहेन । आपसमा जति वैमनश्यता भए पनि वामपन्थीहरूकै सत्तामा वर्चश्च रहँदै आएको छ । काँधमा राजतन्त्र बोक्न छोडेको उद्घोष गरेदेखि नै काङ्ग्रेसले आफ्नो परम्परागत मतदाताहरू गुमाएको छ ।

नेपाली काङ्ग्रेसका परम्परागत मतदाताहरू भनेका मध्यम वर्ग हुन् । निम्न वर्ग र उच्चवर्ग वामपन्थीका समर्थक भएका छन् । आज नेपालका कुनै पनि ठूला उद्योगका मजदुर सङ्गठन आफ्ना माउ सङ्गठनमा जाँदा त्यहाँ नेतृत्वमा त्यही उद्योगका मालिक भेट्छन् । आफ्ना दलबाट संसद् पठाइएकाहरू आफ्नै उद्योगका मालिक भेट्छन् । मध्यम वर्गको पारम्पारिक सोचमा काङ्ग्रेस लगातार प्रहार गर्दै छ । यस्तोमा निकट या सुदूर भविष्यमा गठबन्धनद्वारा पनि सत्ताको नजिक पुग्न हम्मेहम्मे हुन्छ भने एकलौटी सरकारको त कल्पना पनि सम्भव छैन ।

सुशील कोइरालाले बाहिरबाट भन्दा ज्यादा आलोचना दलभित्रैबाट भोग्नुप¥यो वामपन्थीलाई सत्ता हस्तान्तरण नगरेकोमा । प्रजातन्त्रको जुन संस्कारको निमित्त बीपीले जीवनभर काम गरे आजको काङ्ग्रेसीको निमित्त त्यो मूर्खता भएको छ । प्रतिपक्षको उपस्थिति र बहुलवाद प्रजातन्त्रको अपरिहार्य तत्व हो भन्ने कुरा काङ्ग्रेसहरूलाई पच्न छोडेको छ । सहमति अझ त्यो पनि राष्ट्रिय सहमतिको कुरा गरेर एकै मात्र विचारको अधिनायकत्व लाद्ने कुरा नमानेकोमा सुशील कोइरालाले तिरस्कार भोग्नुप¥यो, त्यो पनि काङ्ग्रेसीबाटै । एक दिन पनि सत्ता प्रतिपक्षविहीन भयो भने त्यसले पैदा गरेको तानाशाहीको बिउ निर्मूल गर्न दशौँ वर्ष सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा ओरालो लागेका काङ्ग्रेसजनलाई पच्दैन ।

माओवादीलाई द्वन्द्वकालका आफ्ना अपराध नकोट्याइने प्रत्याभूति चाहिएको छ । त्यसका निमित्त बिरालोले मुसा खेलाएझैँ माओवादीले एमाले र काङ्ग्रेस खेलाउँदै छ । उसको हतियार बन्न सत्ता आकाङ्क्षी काङ्ग्रेस–एमाले दुवै तयार छन् । नयाँनयाँ चटक गरेर कहिले एमालेको र कहिले काङ्ग्रेसको सत्तास्वाद लिन इच्छा पु¥याउने चतु¥याइँ र हैसियत दुवै माके भनिने माओवादीसँग छ । संविधान जारी भएपछि बनेको परिस्थितिले एमालेले आफूले ओडेको राष्ट्रवादको बर्को उजिल्याउने मौका पायो । राप्रपा नेपाल (कथा)को आधारभूमि नै राष्ट्रवाद थियो त्यो एमालेप्रतिको वफादारी प्रकट गर्ने काममा बुझाएपछि कथाको अध्याय नै समाप्त भएको छ । माओवादीले द्वन्द्वकालका अपराधको आफ्नो टाउकोमा तेर्सिएको तरबार केही समयको निमित्त नै भए पनि पर सार्ने मौका लगातार पाउँदै छ ।

गणतन्त्रले काङ्ग्रेसको धरातल चर्काएको देखेर भन्नैपर्ने हुन्छ, राजतन्त्रलाई उसले काँधमा बोकेको होइन, बरु राजतन्त्र काङ्ग्रेसको निमित्त छहारी भएको रहेछ । त्यो छहारी हट्दा काङ्ग्रेसको अस्तित्वमा नै प्रश्नचिह्न लाग्दै छ । तैपनि काङ्ग्रेसका नाम चलेका विचारकहरू यस अवस्थालाई बीपीले राजा महेन्द्रसँग आत्मसमर्पण गरेको परिणाम देख्छन् ।

लोकान्तर अनलाइनमा नेपाली काङ्ग्रेसका शीर्ष विचारक प्रदीप गिरि भन्छन्, ‘बीपीले भन्नुभयो, म राष्ट्रिय मेलमिलापका लागि नेपाल फर्किंदै छु । उहाँले भन्नुभयो, नेपालको राष्ट्रियतालाई खतरा छ । यहाँसम्म कि खतरा दक्षिणबाट छ । त बीपीजस्तो त्यत्रो उचाइ भएको नेताले पनि त्यसरी राष्ट्रियताबारे अभिव्यक्ति दिनु भनेको मेरो विचारमा त बीपीले सरेन्डर नै गर्नुभएको हो ।’

जति नै ठूला कुरा परे पनि नेपाली काङ्ग्रेसको आधारभूमि भनेको परम्परा र संस्कृतिलाई महत्व दिने निम्न र मध्यम वर्ग नै हो । नेपाली काङ्ग्रेसले शेरबहादुर देउवाले पार्टी फुटाएदेखि नै तिनीहरूकै आस्थामा लगातार प्रहार गर्दै आएको छ । त्यही आफ्नो आधारभूमि जनतालाई र उनीहरूको आस्थालाई धोका दिँदै आएको छ । यो नेपाली काङ्ग्रेसको समाप्तितर्फको यात्रा हो । ठूलो रूखको हाँगाबिँगाहरू ढलेपछि पनि धेरै समय हँसिया नै रहन्छन् । ०६३ पछिका निर्वाचन परिणाममा काङ्ग्रेसको उपस्थिति त्यस्तै हो ।