प्रेस स्वतन्त्रता र प्रतिबन्ध’बीचको मसिनो रेखा

प्रेस स्वतन्त्रता र प्रतिबन्ध’बीचको मसिनो रेखा


-प्रकाश के.सी.
यतिखेर पनि चीनको भूमिमा टेकेर इन्टरनेटको माध्यमबाट ‘प्रजातन्त्र’ शब्दको खोजी गर्न सकिँदैन । प्रजातन्त्रको दुहाइ दिनेहरूले चीन सरकारको सो कडाइलाई ‘प्रेस प्रतिबन्धको पराकाष्ठा’ हो भनेका छन् र त्यही समूहले गत वर्षको नोभेम्बर महिनामा ‘विकिलिक्स’को सौजन्यताबाट भएको ‘यूएसए डिप्लोम्याटिक केवल’को प्रकाशनलाई ‘प्रेस स्वतन्त्रताको पराकाष्ठा’ हो भनेका छन् । जनतालाई सूचित हुन पाउने जत्तिको अधिकार हुन्छ, त्यत्तिकै तिनलाई गोप्य रहने या राख्ने पनि अधिकार हुन्छ । प्रेसको फैलिँदो प्रभावकारितालाई ध्यानमा राखेर ‘राइट अफ इन्फर्मेसन’सँगै ‘राइट अफ प्राइभेसी’लाई पनि उत्तिकै महत्त्व दिएर प्रेसको ‘इन्टरप्रेटेसन’ गरिएको छ ।
गत वर्षको सुरुतिर अमेरिकी सरकारको इराक युद्धको कार्यान्वयनको बारेमा लेखिएको गोप्य डकुमेन्टलाई सार्वजनिक गरेर अन्तर्राष्ट्रियस्तरमा प्रसिद्धि पाएको विकिलिक्सका संस्थापक जुलियन आसाञ्ज अहिले एक किसिमले प्रेस स्वतन्त्रताका लागि लडिने लडाइँको नाइके भएका छन् । खासगरी, इराकमा यूएस आर्मीको अपाचे हेलिकोप्टरबाट एक भ्यानमाथि गोलीको वर्षा गरिएको, जसको प्रहारले रोयटर्सको रिपोर्टरका साथै ड्राइभरलगायत १२ जना निरपराध इराकी जनताको ज्यान गएको भिडियोको प्रकाशनपछि, विकिलिक्सले प्रेस स्वतन्त्रताको लडाइँमा अग्रणी भूमिका खेलेको हो भन्ने संसारभरका प्रेस कामदारहरूको विश्वास रहेको हो ।
विकिलिक्स एक अन्तर्राष्ट्रिय ‘नन प्रोफिट अर्गनाइजेसन’ हो जसले व्यक्तिगत, गोप्य अनि महत्त्वपूर्ण सूचना तथा जानकारीलगायतका कागजातहरूलाई गोप्य स्रोतको आधारमा पनि सार्वजनिक गर्ने गर्दछ । सन् २००६ मा ‘सनसाइन प्रेस अर्गनाइजेसन’को छातामुनि रहेर सुरु गरिएको यस विकिलिक्सले एक वर्षभित्रै १.२ मिलियन गोप्य कागजहरू आफ्नो डेटाबेसबाट प्रकाशन गरेर संसारमा एक धाक जमाइसकेको थियो । विकिलिक्स, यूएसए, अस्ट्रेलिया, ताइवान, युरोप र दक्षिण अफि्रकाका चीन छोड्न बाध्य पारिएका चीनका आप्रवासीहरू, पत्रकारहरू, गणितीज्ञहरू, विशेषज्ञहरूको टोलीले तयार पारेको एक अन्तर्राष्ट्रिय सञ्जाल हो र त्यसको डाइरेक्टरमा इन्टरनेट अस्ट्रेलियाली एक्टिभिस्ट तथा ह्याकर ३९ वर्षीय जुलियन आसाञ्ज रहेका छन् । वास्तवमा यो वेबसाइट विकिपेडियाजस्तै ‘युजर-इडिटेबल वेबसाइट’ हो ।
गत वर्षको डिसेम्बर २४ तारिखको दिन, वेबसाइट चलाउनका लागि आर्थिक समस्या परेको खुलासा गर्ने विकिलिक्सको वास्तवमै भन्ने भए आर्थिक स्रोत चन्दाहरू मात्र रहेको हो । गत नोभेम्बरमा यूएसएबाट सात वर्षसम्मको क्रियाकलापका चार लाख जति अति नै संवेदनशील अनि गोप्य कागजहरूका साथै डिप्लोम्याटिक केबलका अति महत्त्वपूर्ण सूचनाहरू, एक यूएसए सिपाहीबाट हात पारेपछि त्यसलाई विकिलिक्सले क्रमबद्ध रूपमा प्रकाशित आफ्ना मिडिया पार्टनर यूकेबाट गार्डियन, यूएसएबाट न्युयोर्क टाइम्स र जर्मनीबाट डेर स्पाइजलको माध्यमबाट पनि गरेपछि भने विकिलिक्स संसारभरका विभिन्न सरकारहरूका साथै मुख्य रूपमा यूएसए सरकारका आँखामा अचानकै विझाउने काँडाजस्तो बनेर रहेको थियो र व्यक्तिको हिसाबमा आसाञ्ज परेका थिए । यूएसए सरकारको दबाबमा अमेरिकास्थित अमाजन र्सभरले विकिलिक्सलाई बन्द गरेकोलगत्तै स्वीडेनको र्सभरले पनि वेबसाइटलाई स्थन गरेको थियो भने वेबलाई चन्दा प्राप्त हुने ‘पे-पल’का साथै ‘मास्टर कार्ड’हरूमा वेबको सम्पत्तिलाई ‘फि्रज्ड’ गरिएको थियो । त्यसको लगत्तै संसारभरका विभिन्न ब्लगरहरू तथा ह्याकरहरूले विकिलिक्सको मिरर वेबहरू तयार गरी विकिलिक्सलाई यथावत् राख्ने कामका साथै मास्टर कार्डलाई ह्याक गर्ने कामहरू पनि गरेका थिए । त्यसैबीच, ब्रिटेनमा ६ महिनाको भीसामा अस्थायी बसोबास गर्दै आएका अस्ट्रेलियन जुलियन आसाञ्जलाई स्वीडेनमा उनीबाट भएको दुई यौन गतिविधिलाई यौनजन्य अपराधको रूपमा दोषी भन्दै मुद्दा दायर गरेर त्यहाँको सरकारले झिकाउने प्रयत्न गरेको थियो । आसाञ्जले आफ्ना वकिलहरूका दस्तामार्फत, सो राजनीतिक आसयले ग्रसित भएको अमेरिकी चाल भन्दै ब्रिटिस न्यायालयमा स्वीडेन सरकारको प्रयासविरुद्ध लडेका थिए र गत डिसेम्बरमा नै बेलमा उनी आफ्ना एक समर्थक, ब्रिटिस जर्नलिस्ट एसोसिएसनका अध्यक्षको घरमा रहँदै आएका छन् । उनको बेलका लागि विभिन्न देशका प्रसिद्ध व्यक्तिहरूले रकम उपलब्ध गराएका छन्, तिनमध्ये माइकल मूर पनि हुन् ।
क्रमबद्ध रूपमा अफगानिस्तानमा अमेरिकी अपरेसनको सात वर्षको अवधिमा सिपाहीहरूबाट अनि अमेरिकी सरकारका तर्फबाट भएका यस्ता क्रियाकलापहरू जसलाई अमेरिकी सरकार लुकाउन चाहन्थे लाई आफ्ना मिडिया पार्टनरहरूका माध्यमबाट सार्वजनिक गर्दै लाने भन्ने सम्झौताको विरुद्ध खासगरी गार्डियनको अगुवाइमा न्युयोर्क टाइम्स अनि डेर स्पाइजलले यूएसएको डिप्लोम्याटिक केबलहरू प्रकाशित गरेको भनी आफ्ना वकिलहरूका टोलीसहित गार्डियनलाई मुद्दा हाल्ने सुरमा आसाञ्ज रहेका छन् । तर, गार्डियनले अर्कै स्रोतबाट ती जानकारीहरू प्राप्त गरेको भन्ने गार्डियनसँग विकिलिक्सको मित्रता अब शत्रुतामा बदलिएको छ । प्राप्त समालोचनाअनुसार, यूएसएको सो डिप्लोम्याटिक केबललाई अति नै ‘संवेदनशील’ मान्ने पक्षमा आसाञ्ज रहेको र त्यसलाई सार्वजनिक गर्ने कि नगर्ने भन्नेमा द्विविधामा रहेको भन्ने बताइएको छ ।
वास्तवमा यहाँ नै एउटा यस्तो मिहीन रेखा खिचिएको छ कि जसको अलिकति दायाँ ‘प्रेस स्वतन्त्रता’ रहेको हुन्छ भने बायाँतिर ‘प्रेस प्रतिबन्ध’ हुन्छ । पत्रकारहरूबाट विगत तीस वर्षमा खुलाइएको अति नै सनसनीखेज तहल्काको रूपमा लिइएको ‘यूएसए डिप्लोम्याटिक केबल’को भण्डाफोरले पत्रकारिताको महत्त्वको साथै खतरालाई सँगसँगै आँक्ने किसिमले हेर्न बाध्य पारेको छ । एक पार्टीले बाहिर पानी परेको छ भन्छ र अर्को पार्टीले बाहिर घाम चर्केको छ भन्छ भने पत्रकारले झ्यालबाहिर नियालेर हेरी पानी परेको या घाम लागेकोबारे निक्र्योल गरेर सत्यतथ्यको सार्वजनिक गर्नुपर्छ भन्ने गरिन्छ भने पत्रकारले सत्य अनि तथ्यको मात्रै प्रकाशन नगरी कहिलेकाहीँ त्यही तथ्यहरूउपर पनि केही ‘म्यानिपुलेसन’ गरी तथ्यहरूलाई ‘सर्न्दर्भमुखी’ बनाउनुपर्ने आमराय छ । पत्रकारितामा हुने शक्तिलाई कसैले ‘अन्डरस्टिमेट’ गर्न सक्दैन नै, त्यसैले त्यसरी शक्तिशाली बनेको पत्रकारितामा समाज तथा राष्ट्रप्रति जिम्मेदारी पनि वहन गर्नुपर्ने दायित्व हुने गर्छ । त्यसैले पत्रकारहरूबाटै सो मिहीन रेखालाई कसरी र कुन अवस्थामा पार गर्ने कि नगर्ने भन्ने स्वविचार हुनुपर्छ भने तिनलाई दृष्टिबोध गर्ने निकायमा त्यसको स्पष्ट परिमार्जन गर्ने पक्ष सशक्त हुनुपर्छ । -लण्डनबाट