राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु

राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु


राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता बुधबारदेखि सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु हुँदैछ ।

प्रतियोगितामा पुरुष/महिलाको एयर राइफल र एयर पेस्तोलतर्फ व्यक्तिगत र टिम गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका सचिव एवं प्रमुख प्रशिक्षक प्रदीप खातीले जनाएका छन् । १० मिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

पुरुष/महिलामा पाँच विकास क्षेत्र, नेपाल आर्मी र नेपाल प्रहरीबाट समान ४२–४२ खेलाडी सहभागी हुने छन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।