प्रदेश नं. २ को तेक्वान्दो संघ राजेशमानको काँधमा

प्रदेश नं. २ को तेक्वान्दो संघ राजेशमानको काँधमा


नेपाल तेक्वान्दो संघको प्रदेश नम्बर २ को भेला आज वीरगञ्जमा सम्पन्न भएको छ । भेलाले युवा नेता राजेशमान सिंहकोे नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

नवगठित समितिको उपध्यक्षमा चारजना चयन गरिएको छ । उपाध्यक्षहमा प्रहरी नायव महानिरीक्षक गणेश केसी, यातायात व्यवसायी विनोद मानन्धर, राजनीतिकर्मी शिव पटेल र उद्यागी गोपाल केडिया छन् । मानन्धर, पटेल र केडिया तीनैजना पर्साका हुन् ।

यस्तै, महासचिवमा ज्ञानेन्द्र झा (धनुषा) चयन भएका छन् भने सचिवमा विजय शाह ठकुरी (पर्सा) र कोषाध्यक्षमा अजितपाल सिंह (पर्सा) लाई चयन गरिएको छ भने सदस्यहमा भूषण यादव (पर्सा), रम्भा मिश्र (पर्सा), मुन्नी श्रीवास्तव (पर्सा), प्रेमबाबु पटेल (पर्सा), बालकृष्ण पाखरेल (पर्सा), मीना लामा (बारा), शंकर लामा (बारा), जीतसिंह लामा (बारा) र हेमलाल श्रष्ठ (बारा) चयन भएका छन् ।

यसैगरी धनबहादुर लामिछाने (रौतहट), चेतबहादुर सिंह (सर्लाही), भूमिलाल लामा (सिराहा), मुकेशकुमार कर्ण (सप्तरी), संजय यादव (धनुषा), किशोर श्रेष्ठ (महोत्तरी) चयन भएका छन् । समितिले २ नम्बर प्रदेशमा तेक्वान्दो खेलको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक काम गर्ने अधिकार पाएको छ ।
– प्रणय साह