सक्कली र नक्कली मधेसवादीहरू छिट्टै छुट्टिनेछन् -जितेन्द्रनारायण देव

सक्कली र नक्कली मधेसवादीहरू छिट्टै छुट्टिनेछन् -जितेन्द्रनारायण देव


महासचिव, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)
मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का महासचिव जितेन्द्रनारायण देव सो पार्टीका प्रवक्ता पनि हुनुहुन्छ । शालीन तथा सरल स्वभाव र प्रखर वा सुस्पष्ट अभिव्यक्ति देवका विशेषता हुन् । खराब परिस्थितिमा पनि निराशाबाट टाढा रहनसक्ने जितेन्द्रनारायण मधेसमा च्याउसरी उम्रिएका सशस्त्र समूहहरूका कारण मधेसको आन्दोलनलाई हदैसम्मको धक्का पुग्नेमा विश्वस्त र त्यसको प्रखर विरोधी पनि हुनुहुन्छ । हरेक मधेसवादी दलभित्र यतिबेला सक्कली र नक्कली मधेसवादीबीच तीव्र ध्रुवीकरण भइरहेको र संविधान निर्माण भएपछि हुने संसदीय निर्वाचनअघिसम्ममा नक्कली मधेसवादीहरू एउटा सानो समूहमा खुम्चने र सक्कलीहरूको एउटै ठूलो दल खडा हुने उहाँ भविष्यवाणी गर्नुहुन्छ । प्रस्तुत छ, सेना समायोजन विशेष समितिका सदस्यसमेत रहनुभएका जितेन्द्रनारायण देवसँग गरिएको कुराकानी ः
० माओवादी लडाकालाई सरकारअर्न्तर्गत विशेष समितिको मातहतमा ल्याइएपछि नेपाल सरकार एवम् राजनीतिक दलका नेताहरू निकै उत्साहित देखिएका छन्, के अब गतिहीन शान्तिप्रक्रियाले गति पाउने नै भयो त –
– निश्चय नै गति पाउनुपर्छ अब । अनमिन गइसकेपछि शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी नेपाली ‘एक्टर’हरूकै पोल्टामा परेको छ । अरूको मुख ताकेर काम चल्नेवाला छैन अब । तर्सथ, जे सुरुवात भएको छ यो अत्यन्त उत्साहबर्द्धक छ । सरकारमातहत लडाकुहरू आइसकेपछि अबको प्रक्रियालाई कसरी अघि बढाउने भनी विशेष समिति गम्भीर छलफलमा जुटिसकेको छ । राजनीतिक क्षेत्रमा को-कति जाने, माओवादी पार्टीमा को बस्ने, समायोजनतिर को-कति जाने र पुनर्स्थापनातर्फ को जाने भन्ने निक्र्योल अब हुन्छ र विशेष समितिले त्यसअनुरूप प्रक्रिया अघि बढाउँछ ।
० अनमिनले चार वर्षमा गर्न नसकेको काम ऊ गएको चार दिनमै सम्भव भएझैैं देखियो । वास्तवमा अनमिनको यहाँ कुनै काम नै रहेनछ कि कसो हो –
– त्यसो त भन्न नमिल्ला । तर, सामान्य जीवन-व्यवहारमा पनि हामी पाउँछौँ कि एउटा घरमा ठूला अभिभावक छन् भने अन्य सदस्यहरू त्यति गम्भीर र जिम्मेवार हुँदैनन् । मुख्य पात्रको रिक्ततामा त जिम्मेवारीबोध गरेर कर्तव्यमा लाग्न बाध्य नै हुनुपर्छ भनेझैं अवस्था निम्तिएको छ नेपाली राजनीतिमा यतिखेर । अनमिन भएको बेला ‘अनमिन छँदै छ’ भनेर सबै एक प्रकारको लापर्वाह र ढुक्क मनस्थितिमा थिए, तर यसको अनुपस्थितिले सरकार तथा अन्य सरोकारवाला पक्षहरूलाई झकझक्याएको छ, जिम्मेवार बन्न बाध्य तुल्याएको छ । हालै नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशसचिव निरूपमा रावले पनि भन्नुभयो कि नेपालीले नै नेतृत्व गरेको शान्तिप्रक्रिया अब अगाडि बढ्छ भन्नेमा भारत आशावादी छ । वास्तवमा उहाँले सही अभिव्यक्ति दिनुभएको छ । वास्तवमा अनमिन रहँदा पनि अत्यन्त सीमित भूमिकामा रहेको थियो, काम त हामीले नै गर्नुपर्ने हो । तर्सथ सरकार, राजनीतिक पार्टीहरू त्यसमा पनि विशेष समितिमा रहेका दलहरूले गम्भीरतापूर्वक यो प्रक्रिया अघि बढाउनुपर्छ ।
० कति समय लाग्ला त यो प्रक्रियाले र्सार्थक रूप लिन –
– मेरो अनुमानमा अबको डेढ-दुई महिनाभित्रै रिग्रुटिङको काम सकिन्छ । मोटामोटी तीन-चारवटा कुरामा हो विवाद देखिएको- समायोजनको सङ्ख्या कसरी र कति तोक्ने – त्यसको मोडालिटी के हुने – लडाकुको स्तरमापन कसरी गर्ने – जस्ता सवालहरूमा यही अवधिमा सहमति खोजिनेछ ।
० छिमेकी राष्ट्रका सचिवको अभिव्यक्तिको तपाईंले प्रशंसा गर्नुभयो । अनमिनको म्याद पछिल्लोपटक नथपिनुमा भारतकै भूमिका थियो भन्ने आरोप माओवादीले लगायो, यसमा कति सत्यता छ –
– एउटा ‘ओपन-सेक्रेट’ कुरालाई म ‘ओपन’ गर्न चाहन्छु, त्यो के भने नेपालका वामपन्थी पार्टीहरूको झुकाव ऐतिहासिक रूपमा उत्तरी छिमेकी चीनप्रति छ भने यहाँका लोकतान्त्रिक शक्तिहरूको रुझान दक्षिणी छिमेकीप्रति छ । नेपालको अवस्थिति नै यस्तो स्थानमा छ कि यहाँ चीनको पनि आफ्नो स्वार्थ छ भने भारतको पनि आफ्नै ‘इन्टे्रस्ट’ छ । यो यथार्थबीच भारत मात्र होइन चीन पनि चाहिरहेको थिएन कि नेपालमा अन्यत्रका कुनै पनि शक्तिको उपस्थिति रहोस् । नेपालका वामपन्थीहरूले दक्षिणतिर औंला उठाएका मात्र हुन्, तर चीन पनि अनमिनलाई रहन दिने पक्षमा त कहाँ थियो र – भारतले मात्र नचाहेर अनमिन फिर्ता गएको कुरा दुराग्रहपूर्ण प्रचार हो ।
० नेपालका राजनीतिक दलहरू अब सहमतिबाटै अघि बढ्न लागेका हुन् त –
– नेपालको शान्तिप्रक्रिया या शान्ति स्थापना भन्ने कुरा सहमतिबाट मात्र टुङ्गिने विषय भएको हुनाले सहमतिको विकल्प छैन । नेपालको वर्तमान राजनीति माओवादी, काङ्ग्रेस, एमाले र मधेसवादी दलहरूको सहमतिबेगर सुध्रन सक्दैन । यी शक्तिहरूबीच अब हरेक कुरामा छिटोभन्दा छिटो सहमति निर्माण र निर्णय हुनुपर्छ भन्ने ध्येयबाट नै हामी अभिपे्ररित छौँ ।
० त्यसो भए १२ गते बुधबारसम्ममा दलहरूबीच नयाँ सरकार निर्माणमा सहमति होला त – नभए अब कति कर्ुर्नुपर्ला नेपाली जनताले सरकारको मुख हर्ेन –
– राजनीतिमा अन्तिम समयसम्म पनि सम्भावना रहिरहेको हुन्छ । नेपालका राजनीतिक दल वा नेताहरूले त महत्त्वपूर्ण निर्णयहरू प्रायः अन्तिम प्रहरमै गर्ने गरेका छन् । तर्सथ उक्त अवधिमा केही निचोड निस्कन सक्छ भन्नेमा म आशावादी छु । दुर्भाग्यवश त्यसो हुन सकेन भने पनि अन्तरिम संविधानको धारा ३८ -२) मा प्रवेश हुन्छ सरकार निर्माण प्रक्रिया र त्यसको साता दिनमै नयाँ सरकार गठन हुन्छ अब ।
० विषय परिवर्तन गरौँ, मधेसलाई यतिबेला कतिपयले अपराधी उत्पादन गर्ने थलो भन्ने विशेषण दिएका छन्, यसमा तपाईं के भन्नुहुन्छ –
– यो एकदम यथार्थ कुरा हो । तपाईंले प्रयोग गरेको शब्दभन्दा पनि सटिक रूपमा म भनौँ- मधेसको नाममा यतिबेला त्यहाँ जुन तथाकथित सशस्त्र सङ्घर्ष चलिरहेको छ त्यो यथार्थमा अपराधी उत्पादन गर्ने कारखाना सावित भइरहेको छ । यसले न त मधेस आन्दोलनलाई न मधेसका कुनै मुद्दालाई त न लोकतान्त्रिक आन्दोलनलाई नै कुनै टेवा पुर्‍याउँछ । नेपालको डेमोक्र्यासीलाई त्यो धारले कमजोर तुल्याउँछ भन्ने मेरो बुझाइ छ । तर्सथ म उनीहरूलाई घटना र विचारमार्फत पुनः आह्वान गर्न चाहन्छु- ‘तपार्इंहरू मधेसी आन्दोलनलाई कमजोर पार्ने र लोकतन्त्रलाई समाप्त तुल्याउने अभियान बन्द गर्नुस् । बन्दुक छोडेर शान्तिपूर्ण जनसङ्घर्षको बाटोमा आउनुस् ।’ सशस्त्र समूहहरूले यो मान्दैनन् भने यो मुलुक राजनीतिक दुर्घटनामा त जान्छ-जान्छ, त्योभन्दा पनि गम्भीर कुरो के हुन्छ भने जातीय विखण्डनमा परेको मधेस यसरी विशृङ्खल हुन पुग्छ कि भोलि मधेसी को हो र कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउन सक्छ । हरेक जातिको त्यहाँ आ-आफ्नै सशस्त्र समूह बनेपछि यो मुलुक कोसोभो, अफगानिस्तान तथा इराकको बाटोमा जानेछ ।
० मधेसमा यत्तिका सङ्ख्यामा सशस्त्र समूहहरू जन्मुनको पछाडि केले काम गरिरहेको होला –
– यसमा तीन किसिमका प्रवृत्तिले काम गरिरहेको छ । वैचारिक रूपले भन्ने हो भने एउटा उग्रपन्थी दृष्टिकोण हावी छ । ‘माओवादी बन्दुक उठाएर यहाँ पुग्यो, हामी पनि बन्दुक उठाउने’ भन्ने अवस्तुवादी, अयथार्थवादी यो उग्रधार एउटा छ भने अर्कोचाहिँ नेपाली राज्यसत्ताभित्रको एउटा तत्त्व नै मधेस या मधेसीलाई आपसमा लडाउन लागिपरिरहेको छ । आपसमा मधेसीलाई लडाएर आफू र्सर्वेसर्वा भइरहने दर्ुर्नियतबाट यो भइरहेको छ । यसैगरी अर्को हो- विशुद्ध अपराधीहरूको आपराधिक चलखेल । वारि र पारिका अपराधीहरूको ग्याङ बनेको छ, उनीहरू अपहरण, फिरौती, चन्दा असुलीजस्ता धन्दामा लागेका छन् । यसलाई स्थानीय र हामै्र प्रहरी-प्रशासनका नगन्य सङ्ख्यामा रहेका भ्रष्टहरूले व्यक्तिगत स्वार्थका लागि मलजल गरिदिएका छन् ।
० ँमधेसबाट पहाडे मूलका व्यक्तिलाई खेद्नुपर्छ’ भनी सुरुमा आवाज उठाउने प्रमुखहरूमध्येको एक तपाईं पनि हो भन्छन् नि, सत्य हो यो –
– वनको बाघभन्दा पनि मनको बाघले खायो भनेजस्तो कुरा हो यो । अत्यन्त पूर्वाग्रहको पीडाबाट ग्रसित भएकाहरूले लगाउने आरोप हो यो । जसरी १९८० को दशकमा भारतको उत्तरपूर्वी राज्यहरू आसाम, मेघालयबाट नेपालीभाषी भारतीयलाई लखेट्ने काम भयो र त्यसको प्रतिकार गर्दा नेपालका मधेसीहरू ठाउँठाउँमा ‘टार्गेटेड’ भए, त्यस्तै मधेस आन्दोलनका क्रममा उग्रपन्थीहरूको कारण मधेसका केही स्थानमा छिटफुट त्यस्ता घटना घटे होलान् । आममधेसी त आन्दोलन या आममधेसी जनता साम्प्रदायिक सद्भाव र जातीय एकताको पक्षमा छ । मधेसीले बुझेका छन् कि यो लडाइँ राज्यसँगको हो न कि कुने जाति वा क्षेत्रविशेषसँग । मलाई दुःख लाग्छ कि पहाडे-नियन्त्रणमा रहेको शासकहरूको पृष्ठपोषणमा रहेका केही मिडियाले मधेसमा भएका ‘तिल’को घटनालाई ‘पहाड’ बनाएर प्रचार गरिदिएर पनि साम्प्रदायिक सद्भाव बिग्रने गरेको छ । मधेसबाट पहाडेलाई भगाउने काम भएको छ भन्ने दुस्प्रचार गरेर मधेसी आन्दोलनलाई कमजोर बनाउने काम गरिएको छ । मधेसी-मधेसीबीच पनि काटमार गराउने खेलसमेत चलिरहेको छ अहिले त ।
० मधेसी नेताहरू बढ्ता बिकाउ स्वभावका हुन्छन्, पद र पैसाका लागि पार्टी तोड्ने या जस्तोसुकै कदम चाल्न पनि तयार हुन्छन् भनी आरोप लगाउनेहरूलाई के जवाफ दिनुहुन्छ –
– यो दृष्टिदोष भएकाहरूले लगाउने आरोप हो । परिस्थितिलाई गहिरिएर हर्ेन नसक्ने व्यक्तिहरूको ज्ञान न्यूनताको अभिव्यक्ति मात्र हो त्यो । हाम्रो पार्टीमा पछिल्लोपटक घटेको घटनालाई इंगित गर्न खोज्नुभएको होला तपाईंले । तर, यस्तो त नेपालका हरेक पार्टीमा भइरहेको छ । मालेमा जगतबहादुर बोगटीले छुट्टै संसदीय दल खडा गर्नुभयो, त्यो प्रचारमा आउँदैन । अलिक अगाडिदेखि हेर्ने हो भने गिरिजाप्रसादको पालामा एमाले फुट्यो र दुई/दुईचोटि सरकारमा गयो, अहिले एमाले र माओवादीभित्र त्यस्तै खेल भइरहेको छ, काङ्ग्रेसको हाल पनि उस्तै छ । तर, यो कुरा हाइलाइट हुँदैन। खालि मधेसीहरू यस्ता र उस्ता भनेर प्रचार गरिन्छ । मधेस, मधेसवादी दल र मधेसी नेताहरूलाई बद्नाम गर्न यस्ता अनेक प्रचार यहाँ गरिन्छन् जो दुःखदायी छ । यस्तै कारणले पनि मधेसी आन्दोलनको खाँचो परेको हो । यथार्थ के मात्र हो भने मधेसको आन्दोलन यतिखेर ‘धु्रवीकरणको आवश्यकता’को चरणबाट गुज्रिरहेको छ । धु्रवीकरणको आवश्यकताबीच सरकार या सत्ता भन्ने कुरा गौण छ । सक्कली र नक्कली मधेसवादीहरूबीच धु्रवीकरण हुन खोजिरहेको छ । तपाईं हेर्नुहोला ५/६ महिनापछि या संविधान बनेपछि आगामी संसदीय निर्वाचनभन्दा अगाडि नक्कली मधेसवादीहरूको एउटा सानो समूह र सक्कली मधेसवादीहरूको विशाल पार्टीको जन्म हुनेछ । तर्सथ अहिले तमलोपा, फोरमजस्ता मधेसवादी दलभित्र जे भइरहेको छ, यो सक्कली र नक्कली मधेसवादी र्छलङ्ग हुने खेल हो, धु्रवीकरणको प्रक्रिया हो ।
० संविधान बनेपछि मधेसवादीको दुई समूह बन्ने कुरा त गर्नुभयो तर समयमा संविधान त बन्ला के –
– म जितेन्द्रनारायण देव सुरुदेखि नै आशावादी मानिस हुँ । आन्दोलनबाट लोकतन्त्र ल्याउने, सङ्घीयता स्थापना गर्ने, यावत् काम सम्पन्न गर्ने राजनीतिक दल र नेताहरूलाई अविश्वास गर्ने बेला भएको छैन । नेपाली दलहरूले यो काम सम्पन्न गर्ने नै हुन् । संविधान नबनेर कुनै राजनीतिक दुर्घटना भयो भने त्यसको सिकार सबै राजनीतिक दलहरू हुने हुन् भन्ने त सबैले बुझेका छन् नि † मलाई नेपाली जनताको तागत र नेताहरूको विवेकमाथि कुनै शङ्का छैन । बाँकी अवधिमा संविधान बन्नेमा कुनै द्विविधा नराख्दा हुन्छ, संविधान बन्छ, सबै ठीक हुन्छ ।
० तपाईंजस्तै आशावादी सबै नेता छैनन्, यहाँ त शीर्ष जिम्मेवारी बोकेका नेताहरूले नै जेठ १४ सम्ममा संविधान नबन्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । कथं यस्तै भए म्याद थप्न देलान् अब जनताले –
– म्याद थप्ने कुराको त अब नेताहरूले उच्चारण पनि गर्न हुँदैन भन्छु म त । जनता अब म्याद थप्ने पक्षमा छैनन् । यही म्यादभित्र जसरी पनि संविधान बनाउँछौँ, २४ मा २० घन्टा बरु खट्छौँ भनेर लागिपर्नुपर्छ दलहरू ।
० जनताले नेतासमेत पिट्न थाले नि सार्वजनिक स्थलमा, यसबारे के भन्नुहुन्छ –
– त्यत्रो राष्ट्रिय पार्टीको केन्द्रीय अध्यक्षमाथि जुन ढङ्गको व्यवहार भयो त्यो त सर्वथा अनुचित छ, दर्ुर्व्यवहार नै भएकोले आलोच्य छ त्यो । यस्तो व्यवहारलाई प्रश्रय दिएमा अराजकता बढेर जान्छ । तर, हामी राजनीतिक दलका नेता र खासगरी ठूला दलका नेताहरूले यो घटनालाई एउटा सबकको रूपमा लिन सक्नुपर्छ कि जनताले दल र नेताका क्रियाकलाप रुचाइरहेका छैनन् है भनेर ।
– जयप्रकाश त्रिपाठी