नेफ–साइपाल फुटबल ७० विद्यालयले प्रतिस्पर्धा गर्ने

नेफ–साइपाल फुटबल ७० विद्यालयले प्रतिस्पर्धा गर्ने


उत्तरभेगीय शैक्षिक मञ्च र साइपाल एकेडेमीको संयुक्त आयोजनामा दोश्रो नेफ–साइपाल यु–१६ फाइभ ए साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिता माघ २२ गते सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ७० विद्यालयको सहभागिता रहने नेफका अध्यक्ष नारायण रोकाले पत्रकार सम्मेलनमा जानकारी गराए थिए ।

प्रतियोगिताबाट १६ उत्कृष्ट खेलाडी छनोट गरी मैत्रीपूर्ण खेल खेलाउन फिलिपिन्स लगिने अध्यक्ष रोकाले जानकारी दिए । त्यस्तै १० उत्कृष्ट खेलाडीलाई साइपालमा प्लस टु अध्ययनका लागि ६० हजार बराबरीको छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतियोगिता नकआउट आधारमा हुनेछ । पहिलो संस्करणको उपाधि अनमोल ज्योतिले जितेको थियो ।