रामेछाप भलिबल : पश्चिमाञ्चल र मध्यमाञ्चल लिग चरणबाटै बाहिरिए

रामेछाप भलिबल : पश्चिमाञ्चल र मध्यमाञ्चल लिग चरणबाटै बाहिरिए


सुदुरपश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब र नमुनादीप युवा क्लब तेश्रो रामेछाप सिभिल भलिबल च्याम्पियनसिपमा समुहमा पहिलो स्थान हात पार्दै क्वार्टफाइनल प्रबेश गरेका छन् ।

त्यसै पूर्र्वाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हिमगंगा पनि समुहमा दोश्रो स्थान पाउदै क्वार्टरफाइनल प्रबेश गरे । लोकतान्त्रिक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड क्वार्टरफाइनलमा प्रबेश गरे पनि यी दुई विच समुह विजेताको टुंगो शुक्रबारको खेलपछि लाग्ने छ ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनमा संचालन भैरहेको प्रतियोगितामा सुदुरपश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१५,२५–१७ र २५ –१५ ले तथा पूर्वाञ्चललाई २५–१६,२५–१५ र २८ –२६ ले पराजित गर्दै ‘समुह ए’मा पहिलो भएको थियो । सो समुहमा पूर्वाञ्चल दोश्रो भयो ।

सोहि समुहमा रहेको मध्यमाञ्चल भने प्रतियोगिताबाट बाहिरिएको छ । यसैगरी ‘समुह बी’ को खेलमा लोकतान्त्रीक खेलकुदले पश्चिमाञ्चललाई १४–२५, २५–१९,१९–२५,२५–१७ र १५ –११ ले पराजित गरेको थियो । मन्थली युनाइटेडले पनि पश्चिमाञ्चललाई २७–२५,२७–२५ र २५ –१८ ले हराउदै ‘समुह बी’ बाट नकआउट चरणमा प्रबेश गरेका छन् । यो समुहबाट पश्चिमाञ्चल बाहिरिएको छ ।

मध्यपश्चिमलाई २५–१३,२५–१८ र २५ –१९ ले हराउदै शान्तिदीपले समुहसीमा पहिलो स्थान प्राप्त गरेको थियो । ‘समुह डी’ मा हिमगंगालाई २५–१८,२५–१४ र २५ –२० ले हराउदै नमुनादिन पहिलो भएको हो ।

लिगकम नकआउट आधारमा संचालित प्रतियोगितामा माघ १९ गते शुक्रबार क्वार्टरफाइनल र सेमिफाइनल खेल हुने संयोजक सीताराम कार्कीले जानकारी दिए । शुक्रबार नै समुह चरणको एक खेल पनि हुने छ ।
माघ २० गते शनिबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार, उपविजेता टोलीले १ लाख र तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छन् ।

३५ हजार रुपैयाँ सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।