यु–१८ का लागि टेनिस खेलाडी छनोट

यु–१८ का लागि टेनिस खेलाडी छनोट


अखिल नेपाल लनटेनिस संघको आयोजनामा हुने नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ को मुख्य ‘ड्र’ का लागि खेलाडी छनोट भएका छन् । आज माघ १० गते सोमबारदेखि हुने मुख्य ‘ड्र’ का लागि समान ४–४ पुरुष/महिला खेलाडी छनोट भएका हुन् ।

छनोटका लागि गत शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो । पुरुषमा पाकिस्तानका मोहमम्द नौमन आफताब, भारतका भूपेन्द्र दाहिया र रुद्र कपुर तथा ताइपेईंका चिया फन साउ छानिएका छन  ।

त्यस्तै महिलामा भारतका अर्चिता महलवाल र चरिथा पात्लोला, अमेरिकाकी रुतुजा छप्हल्कर र जापानकी कानोन यासुमोतो छनोट भए । मुख्य ‘ड्र’ मा ब्वाइज/गल्र्सतर्फ समान २८–२८ खेलाडी रहेका थिए ।

सर्किट १ फेब्रुअरी १० तारिखसम्म संचालन हुनेछ । सर्किट १ सकिएको २ दिनपछि सर्किट १२ फेब्रुअरीमा संचालन भइ फेब्रुअरी १७ तारिखसम्म चल्नेछ । सो अवधिमा सर्किट २ का लागि पनि छनोट हुनेछ । ब्वाइज÷गल्र्स सिंगल्स र डबल्समा खेल हुनेछ ।