आज नेपाल र युएईबीच प्रतिस्पर्धा

आज नेपाल र युएईबीच प्रतिस्पर्धा


आइसिसी वल्र्ड क्रिकेट लिग डिभिज टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज युएईसँग भिड्ने छ । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको छ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे हुनेछ ।

पहिलो खेलमा नेपालले नामिबियालाई एक विकेटले हराए पनि दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित हुनपुग्यो ।

नामिबियाविरुद्ध एकसय ३९ रनको लक्ष्य पछ्याएको हम्महम्मे परेको नेपाल दोस्रो खेलमा पहिला ब्याटिङ गर्दै एक सय ३८ रनमा अलआउट भएको थियो । नेपालको ब्याटिङ कमजोर भएका कारण पराजित हुनुपरेको थियो ।