अर्थमन्त्रीमा युवराज नै किन रोजे केपीले ?

अर्थमन्त्रीमा युवराज नै किन रोजे केपीले ?


स्वतन्त्र तवरमा गरिएका अनुमानलाई सत्य सावित गर्दै अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण ठानिने अर्थमन्त्रालयको जिम्मेवारी झापाका डा. युवराज खतिवडालाई सुम्पेका छन् । नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर खतिवडा राष्ट्रियसभा सदस्यको लागि ओली सरकारको मनोनयनमा परेका एक पात्र समेत हुन् । खतिवडा लगायतको मनोनयन अवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ भने उनीहरुलाई सपथ नखुवाउन अदालतले आदेश समेत जारी गरेको छ ।

यसरी सांसद पदकै टुंगो नलागेका पात्रलाई प्रधानमन्त्रीले किन अर्थमन्त्री चयन गरे होलान् ? एक तप्कामा यो सवालले खास स्थान पाएको छ । के एमालेमा चुनाव जितेर आएका सांसदहरु कोही पनि अर्थमन्त्री बन्न योग्य नै थिएनन् त ? कतिपयले यस्तोसम्मको सवाल उठाएका छन् । हुन पनि सांसद हुने नहुने नै एकीन नभई विवादित व्यक्तिलाई नियतवश महत्वपूर्ण जिम्मेवारीसहित प्रम ओलीले क्याबिनेटमा स्थान दिन आतुरता देखाएबाट अस्वाभाविक तवरले उनी खतिवडाको प्रभावमा परेको सन्देश प्रवाहित हुन पुगेको छ ।

अर्थमन्त्री डा. खतिवडा पहिलोपटक मन्त्री बनेका हुन् । उनी यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गवर्नर रहेका थिए ।