पार्टी एकीकरणको अन्तरिम विधान बनाउन कार्यदल बैठक बस्दै

पार्टी एकीकरणको अन्तरिम विधान बनाउन कार्यदल बैठक बस्दै


एमाले माओवादी बीच पार्टी एकीकरणका लागि अन्तरिम बिधान बनाउनका लागि आज कार्यदल बैठक बस्ने भएको हो । बैठक एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टफागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउन लागिएको जानकारी दिए । उनका अनुसार यसअघिको बैठकमा दुवै दलले आआफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए ।

माओवादी नेता रामबहादुर थापा बादलको कार्यदलको संयोजकत्वमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल रहेको एमालेले जनाएको छ । उता, माओवादीबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको बताइएको छ ।

कार्यदलले पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न ठोस आधार तय गर्ने बताइएको छ ।