चैत पहिलो साता एकीकरण टुंगिने रावलको दाबी

चैत पहिलो साता एकीकरण टुंगिने रावलको दाबी


एमाले र माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने काम जारी छ । यही फागुन २५ गतेभित्रै सो कार्य सकिने दाबी वामनेताहरुले गर्दै आएका छन् । यदि यो काम निर्धारित समयमा सम्पन्न भए आगामी चैत्रको पहिलो हप्ताभित्रै पार्टीएकताको घोषणा गरिने नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन् ।

फागुन २५ गतेभित्रै विधान र प्रतिवेदन टुंगो लगाइने दाबी गर्दै उनले राजधानीमा आज आयोजित साक्षात्कारमा भने( ुसम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तिव्र तयारीमा जुटेका छौं।’ एकता महाधिवेशन एक वर्षभित्रै सम्पन्न गर्ने दाबी गर्न पनि उनी चुकेनन् ।