आज २ बजे सर्वदलीय बैठक बस्ने भएको छ । संघीय संसदको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न संसद सचिवालयले बुधबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक आह्वान गरेको हो ।
सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले राष्ट्रिय मान्यताप्राप्त दलबाट एक/एक जना प्रतिनिधिलाई बैठकमा बोलाइएको जानकारी दिए । संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) पहिलो बैठकको एजेण्डा र तयारीबारे दलहरुसँग छलफल गरिने उनले बताए । संघीय संसदको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बोलाइएको छ ।
पहिलो बैठकमा राष्ट्रपतिको अधिवेशन आहृवान पत्र पढेर सुनाउने, शहीदको सम्मानमा एक मिनेट मौनधारण गर्ने, अन्तरिम कार्यविधि पारित गर्नेलगायतका कार्यसूची छ । पहिलो बैठकमा दलीय आधारमा प्रत्येक दलका एकजनालाई बोल्ने तयारी पनि गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले राष्ट्रिय दल हुन ।
प्रतिक्रिया