११ मन्त्रालय अझै मन्त्रीविहीन बन्न पुगेका छन् । सत्तारुढ दलहरुभित्र मन्त्री बन्ने आकांक्षी बढेपछि सरकारले अझै पूर्णता पाउन नसकेको हो ।
दोस्रो पटक हालै मात्र एमाले र माओवादी केन्द्रबाट २–२ जना मन्त्री थप भएपनि बाँकी ११ मन्त्रालय अझै मन्त्रीविहीन रहेका हुन् ।
दुई दलबीच एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएपनि अन्तिम समयमा संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि भागबण्डामा केही परिवर्तन हुने देखिन्छ ।
सत्तारुढ दलहरुले फोरमका कारण सरकार बिस्तारमा ढिलाई भएको बताएपनि आफ्नै पार्टीकालाई व्यवस्थापन गर्न नसक्दा समस्या भएको नेताहरुले बताएका छन् ।
आफ्नो भागमा परेका मन्त्रालयमा माओवादीभित्र झण्डै डेढ दर्जन आकांक्षी देखिएका छन् । एमालेभित्र पनि दुई दर्जनबढी आकांक्षी देखिएका छन् ।
प्रतिक्रिया